रम्फूमा माउसेसको पर्यावरण जागरूकता साथै बिरूवारोपन कार्यक्रम

IMG-20250608-WA0308

रम्फू: मानव उत्थान सेवा समिति एवं मानव सेवा दल सिक्किम राज्यद्वारा आज पाकिम जिल्लाअन्तर्गत रम्फूस्थित श्री सुयश सत्संग धाम आश्रम परिसरमा पर्यावरण जागरूकता कार्यक्रम आयोजन गरियो। यस अवसरमा गान्तोक तहसील प्रभारी महात्मा निलम्बरी बाईजी तथा रम्फू तहसील प्रभारी महात्मा सरला बाईजीको नेतृत्वमा विभिन्न वनौषधीय प्रजातिका २०० जति बिरूवा रोपियो। मानव उत्थान सेवा समिति रम्फूस्थित श्री सुयश सत्संग धाम आश्रम परिसरमा २००७ देखि पर्यावरण जागरुकता आयोजित गर्दै एको छ। अहिलेसम्म वनौषधीय उद्भिदअन्तर्गत धेरै प्रजातिका बिरूवाहरू रोपिसकेको छ। समितिले उक्त स्थानमा मिनी नर्सरी हर्बल गार्डन पनि संचालनमा गर्दै आइरहेको छ। यहाँबाट हुर्केका बोट बिरूवाहरू धेरै ठाउँमा वितरण हुने गर्थ्यों तर गत २०२३ को अक्टोबरमा आएको टिस्टा त्रासदीले गर्दा मिनी नर्सरी हर्बल गार्डनलाई क्षति भएको थियो। उक्त स्थानमा नयाँ बिरुवाहरु लगाउने कार्य सम्पन्न भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement