उत्तर सिक्किमको छातेनमा फँसेका २८ जना नागरिक र २० जना सेनाका जवानलाई सुरक्षित गान्तोक ल्याइयो

IMG-20250608-WA0306

गान्तोक: भीषण पैह्रोको कारण मंगन जिल्लाको छातेनमा फँसेका ४८ जना प्रभावित स्थानीय नागरिक लगायत सेनाका जवानलाई आज सेनाको हेलिक्पटरको माध्यमद्वारा पाकिम हवाई अड्डामा सुरक्षित अवतरण गराइयो। आज ल्याइएका ४८ जनामध्ये २८ आम नागरिर र २० जना सेनाका जवानहरूको स्वास्थ्य जाँच गरियो। २८ जनामध्येमा तीनजना नानीहरू थिए भने अन्यमा ट्याक्सी चालकलगायत सरकारी अधिकारीहरू पनि सामेल छन्। भारी वर्षाको कारण मंगन जिल्लाका विभिन्न स्थानमा पैह्रोले सडक सम्पर्क विच्छेद गरेपछि लाचेन, लाचुङ र छातेनमा पुगेका पर्यटक, चालकवर्ग, स्थानीय नागरिक र सरकारी अधिकारीहरू केही दिनदेखि फँसेका थिए। राज्य सरकारले छातेनमा फँसेका सबै पर्यटक लगायत अन्य नागरिकहरुलाई सुरक्षितपूर्वक शीघ्र ल्याउनुपर्ने सेनालाई आग्रह गरेको थियो। जसअन्तर्गत सेनाको एमआई-१७ हेलिकप्टरको सहयोगमा ल्याउने कार्य पूरा भएको छ। उल्लेखनीय छ, गत केही दिनअघि अविरल वर्षको कारण मंगन जिल्लाको विभिन्न स्थानमा व्यापक क्षति पुऱ्याएका थिए। जसको कारण सडक सम्पर्क पूर्णरूपमा विच्छेद बनेको थियो। यसरी मंगन जिल्लाअन्तर्गत रहेका विभिन्न पुलहरूलाई वर्षाले क्षति पुऱ्याएपछि पर्यटक साथै स्थानीयहरू फँसेका थिए। खराब मौसमको कारण सरकारले लाचुङ, लाचेन र छातेनमा फँसेका पर्यटक साथै स्थानीयहरूलाई उद्धार गर्न नसकेपछि केही दिनसम्म विभिन्न स्थानमा सुरक्षितसंग राखिएको थियो। तर मौसम अनुकबल हुनसाथ सेनाको हेलिकप्टरको सहयोगमा उनीहरूलाई मंगन जिल्लाबाट पाकिम हवाइ अड्डामा ल्याउन सफल बनेको छ। हाल मंगन जिल्लामा कुनै पर्यटकहरू नरहेको जानकारी गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement