अन्तर्राष्ट्रीय पेन्टिकोस्ट डे-मा वरिष्ठ पास्टरहरु सम्मानित

IMG-20250608-WA0305

जोरथाङ: सिक्किम पेन्टिकोस्टल चर्चेस काउन्सिलले हिजो अन्तर्राष्ट्रीय पेन्टिकोस्ट डे जोरथाङको सामुदायिक भवनमा भव्यताका साथ पालन गऱ्यो। उक्त अवसरमा ६५ वर्ष भन्दा अधिक उमेर पुगेका र २० वर्षभन्दा अधिक समय सेवाकाइमा बिताइसकेका वयोवृद्ध पास्टरहरुलाई अभिनन्दन जनाउने कार्य सम्पन्न भयो। कतिपय दिवंगत भइसकेका पास्टरहरुका श्रीमतीहरुलाई अभिनन्दन हस्तान्तरण गरियो। यसका साथै एसपीसीका भूतपूर्व अध्यक्षहरुलाई पनि सम्मान जनाइको थियो। यस सेवाकाइमा पास्टर डीएस छेत्री प्रमुख अतिथिकारुपमा उपस्थित रहेका थिए भने उनको साथमा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ विशिष्ट अतिथिकारुपमा उपस्थित थिए। आफ्नो सम्बोधनको क्रममा विशिष्ट अतिथि खालिङले एसपीसीसी-का वर्तमान समितिलाई यस्तो भव्य कार्यक्रम आयोजनका लागि बधाई टक्राए। साथै यसरी धेरै वर्षदेखि सेवामा आफ्नो जीवन सुम्पेर दुःख गरेका अग्रज गुरुजनलाई अभिनन्दन र सम्मान जनाउने कार्यको सराहना गरे। वर्तमान सरकार सदैव इसाई मण्डलीहरुको हित र विकासमा काम गरिरहेको जानकारी दिँदै हालमा चर्चले स्वतन्त्रतापूर्वक सेवाकाइ गर्न पाइरहेको कुरा अवगत गराए। यस सेवाकाइमा कालेबुङबाट पास्टर तिमोथी मुन्ना सुन्दासले आशीषमय परमेश्वरको वचन प्रचार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement