‘स्वच्छता ही सेवा २०२२’ राज्यमा आजदेखि शुरू

s1-13.jpg

गान्तोक: ‘स्वच्छता ही सेवा २०२२’ राज्यमा आजदेखि शुरू भएको छ। स्वच्छता ही सेवा (एसएचएस) प्रत्येक वर्ष १५ सेप्टेम्बरदेखि २ अक्टोबरसम्म सामुदायिक कल्याणका लागि सामुदायिक सहभागिता सुनिश्चित गर्दै स्वेच्छापूर्वक योगदान दिन पालन गरिने छ। यसको उद्देश्य सर-सफाईको अवधारणालाई सबैको सरोकारको विषयको रूपमा सुदृढ बनाउने र २ अक्टोबरमा राष्ट्रव्यापी सहभागिताका साथ स्वच्छ भारत दिवस मनाउने रहेको छ। आज शुरू भएको एसएचएस अन्तर्गत राज्यका सबै ३३ बीडीओमा साफ सफाई, सचेतना कार्यक्रम तथा अन्य गतिविधिहरू आयोजना गरिने छ।
स्वच्छ भारत मिशन (ग्रामीण), ग्रामीण विकास विभागले सबैलाई एसएचएस २०२२ अन्तर्गत विभिन्न गतिविधिहरूमा सहभागी बन्न आह्वान गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement