खरसाङ: खरसाङ फूटबल एसोसिएशनको तत्त्वावधानमा आयोजित तेस्रो अण्डर-१४ बोयज सब-डीविजनल फूटबल टुर्नामेण्टमा सन्त अल्फन्सस स्कूल च्याम्पियन भयो। युवा मामिला एवम् खेलकुद विभाग, जीटीए को सहयोगमा जारी यस टुर्नामेण्टअन्तर्गत गोथल्स मेमोरियल खेल मैदानमा आइतवार भएको फाइनल म्याचमा सन्त अल्फन्सस स्कूलले तिनधारे स्पोर्ट्स एसोसिएशनविरुद्ध २-० ले जीत हासिल गऱ्यो। उल्लेखनीय छ, टुर्नामेण्ट २२ मई देखि शुरु भएको थियो अनि जम्मा ८ वटा टीमले हिस्सा लिएको थियो। आज फाइनल म्याचको सञ्चालन हिल्स रेफरीज एसोसिएशनका सदस्यहरूले गरे, जसमा दावा डोमा भुटिया, अर्बिन्द छेत्री र प्रमोद प्रधान सामेल थिए। सञ्जय थापा, प्रेरणा राई र रेबिका प्रधान फोर्थ अफिसियल थिए। टुर्नामेण्टको अन्तमा च्याम्पियन र रनरअप हुने टीम अनि खेलाड़ीहरूलाई ट्रफीहरूको साथमा पदक अनि सर्टिफिकेट प्रदान गरियो।

संक्षिप्तमा (अण्डर-१४ बोयज सब-डीविजनल लीग)
च्याम्पियनः सन्त अल्फन्सस स्कूल
रनरअप्ः तिनधारे स्पोर्ट्स एसोसिएशन
प्लेयर अव् द टुर्नामेण्टः रिन्छेन तामाङ (सन्त अल्फन्सस स्कूल)
प्लेयर अव् द म्याचः रेहान खवास (सन्त अल्फन्सस स्कूल)
हाईएस्ट स्कोररः दोर्जे तामाङ (सुकना हाई स्कूल)
उदीयमान खेलाड़ीः ऐतराज सुब्बा (सुकना हाई स्कूल)