ग्लोरी कप २०२५: रोमाञ्चक जीतको साथ सेमिफाइनलमा पुग्यो एनवाईसी सेवोक

IMG-20250608-WA0300

कालचिनी: कालचिनी मा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा नेताजी युथ क्लब, सेवोकले सेमिफाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत आइतवार खेलिएको चौथो तथा अन्तिम क्वार्टर फाइनल म्याचमा एनवाईसी सेवोक-ले रेडबूल एफसी, खोआरडांगाविरुद्ध पेनल्टी शूटआउटमा ५-३-ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर २-२ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा एनवाईसीको तर्फबाट स्टीफन अनि म्याक्सवेलले गोल गरे। यसरी रेडबूल एफसीको तर्फबाट दिनार नार्जीनारी र विकास ओरावँले गोल गरे। म्याक्सवेल प्लेयर अव् द म्याच बने। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ जूनमा खेलिनेछ। सबै म्याचहरू कालचिनी थाना ग्राउण्डमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement