ईंग्ल्याण्ड महिला टीमको ६१ रनले जीत

IMG-20250608-WA0231

टण्टन (ईंग्ल्याण्ड): ईंग्ल्याण्डको महिला क्रिकेट टीमले वर्षाले वाधा पुऱ्याएको तेस्रो महिला वनडे इण्टरनेशनल म्याचमा वेष्ट इण्डिजलाई डकवर्थ-लुईस पद्धतिद्वारा ६१ रनले पराजित गऱ्यो। यस जीतको साथै ईंग्ल्याण्डले ३ वटा वनडे म्याचको सीरीज पनि ३-०-ले क्लीन स्वीप गऱ्यो। ईंग्ल्याण्डलाई एकतर्फी जीत दिलाउनमा कप्तान नेट स्किवर-ब्रण्टले महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै अविजित ५७ रन बनाइन्। यसबाहेक बलरहरूमा साराह ग्लेन (३ विकेट) र एमिली आरलट (२ विकेट)-ले पनि उत्कृष्ट प्रदर्शन गरिन्। वर्षाले गर्दा म्याचलाई २१-२१ ओभरको गरिएको थियो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै वेष्ट इण्डिजले २१ ओभरमा ८ विकेट गुमाएर १०६ रन मात्र बनाउन सक्यो। शीर्ष क्रममा किआना जोसेफ (३४ रन)-लाई छोड़ेर अन्य कसैले उल्लेखनीय योगदान दिन सकिनन्। जोसेफले ४४ बल खेलेर ५ वटा चौका लगाइन्। केवल ४ रनमा ३ विकेटको पतनपछि वेष्ट इण्डिजले म्याचलाई नियन्त्रणमा राख्न सकेन। तल्लो क्रममा आलियाह एलेनले २७ रनको योगदान दिइन्। जवाफमा ईंग्ल्याण्डले १०.५ ओभरमै १ विकेटमा १०९ रन बनाएर डकवर्थ लुईस पद्धतिअनुसार ६१ रनले म्याच जित्यो। कप्तान स्किवर-ब्रण्टले ३३ बल खेलेर ९ वटा चौका लगाइन्। यसबाहेक सोफिया डंकलीले २६ र एलिस केप्सीले अविजित २० रन बनाइन्। सेरा ग्लेनले प्लेयर अव् द म्याचको पुरस्कार जितिन्। यसरी एमी जोन्सले प्लेयर अव् द सीरीजको पुरस्कार जितिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement