सोनादा: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा टुंग सन्त मेरिज समष्टिकाे सह सचिव नयन राई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको समाचारलाई मार्गरेट्स होप क्षेत्रबाट खण्डन गरिएको छ। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको तर्फबाट टुंग सन्त मेरिज समष्टिकाे सांगठनिक सचिव दिपेन्द्र सुब्बाले एउटा भिडियो जारी गर्दै नयन राई भागोप्रमो पार्टीको नरहेको र उनलाई गत १७ फरवरी २०२३ मा नै पार्टीबाट निलम्बित गरिएको र हालमा उनी साधारण सदस्य पनि नरहेको र यसको प्रमाण पनि आफुहरु समक्ष रहेको बताएका छन्। अहिले टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा विकासका कार्यहरू धमाधम भईरहेको पनि बताएका छन्। उनले नयन राई ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएको जानकारी पायौं तर यो एकदमै गलत रहेको बताउँदै उनलाई विगत १७ फरवरी २०२३ मा नै भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको साधारण सदस्यबाट निलम्बन गरिएको जानकारी गराएका छन्। उनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा केन्द्रीय संस्थापक अध्यक्ष अनित थापाको नेतृत्वमा टुंग सन्त मेरिज समष्टिकाे मार्गरेट्स होप क्षेत्रमा धेरै विकासका कार्यहरू भईरहेको पनि बताएका छन्।