१४ परिवार एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल

IMG_20220915_230951.jpg

नाम्ची: आज १४ परिवार एसडीएफ पार्टी त्यागेर एसकेएम पार्टीमा सामेल भएको छ। तिनीहरू नाम्ची जिल्लाको मल्ली समष्टिअन्तर्गत अप्पर शुक्रबारे वार्डका वासिन्दाहरू हुन्। पार्टीमा सामेल हुनेहरूलाई एसकेएम पार्टीको मल्ली समष्टिका प्रभारी तिलक बस्नेतले खदा लगाएर पार्टीमा स्वागत जनाउँदै पार्टीको झण्डा प्रदान गरे। यस सामेल कार्यक्रमको अध्यक्षता स्थानीय पञ्चायत सदस्य विनोद प्रधानले गरेका थिए।
कार्यक्रममा सम्बोधन गर्दै प्रभारी बस्नेतले घामले पक्षपात नगरि आफ्नो भूमिका निर्वाह गरे जस्तै एसकेएम सरकारले पनि आफ्नो काम गरिरहेको बताए। उनले पार्टीगत आधारमा विभाजित हुँदा कसैलाई फाइदा नपुग्ने बुझेर यसरी एसकेएम पार्टीमा सामेल भएकोमा धन्यवाद दिए। एसकेएम पार्टीको नीति-सिद्धान्त विषय कुरा राख्दै एसकेएम पार्टी अनुसाशनमा चल्ने पार्टी भएको कारण पार्टीको अनुसाशन नमान्नेलाई पार्टीले पनि नमान्ने उनले उल्लेख गरे। एसकेएम सरकारका उपलब्धीहरू विषय प्रकाश पार्दै उनले पार्टी अध्यक्ष पीएस गोले ठूलो विचार र मुटु भएको नेता रहेको बताए। यस क्रममा पार्टीमा सामेल हुनेहरूको पक्षबाट बोल्दै कमल गुरूङले यस गाउँबाट एसडीएफ पार्टी सकिसकेको र एसकेएम पार्टीको गढ भइसकेको दाबी गरे। उनले अब एसकेएम पार्टीमा कम्मर कसेर काम गर्ने वचन दिए।
कार्यक्रममा सीएलसी अध्यक्ष दिलकुमारी छेत्रीले पनि सम्बोधन गरेकी थिइन्। कार्यक्रममा मुख्यमन्त्रीका अतिरिक्त राजनीतिक सचिव अञ्जिता राजालिम, सीएलसी महासचिव टीबी गुरूङ, सल्लाहकार डीएस राई आदिको पनि उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement