खरसाङ: गोर्खा राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो सांगठनिक विस्तारलाई तिब्रता दिन्दै शाखा प्रशाखाहरुमा सभाहरुको आयोजना गरिहेको जानकारी प्राप्त भएको छ। यसै क्रममा रंगबुल धोतरिया रंगबुक समष्टि अन्तर्गत निम्न सोनादा मुण्डाकोठी शाखाका प्रतिनिधिवर्गलाई लिएर सांगठनिक सभाको आयोजना गरिएको छ। शाखा अध्यक्ष टीआर प्रधानको अध्यक्षतामा सम्पन्न भएको सभालाई रजत राईले सञ्चालन गरेका थिए। सभामा विगतको दिनमा दिल्लीमा सम्पन्न भएको वार्तालाई मध्य नजर गर्दै व्यापक छलफल गरिएको छ। पार्टी अध्यक्ष मन घिसिङले अब मैले ठूलो भारी बिसाएर आएको छु भनी दिएको वक्तव्यले एउटा राम्रो संकेत पाएका छौं। अब हामी सबै एक भएर जनतामाझ घर दैलो अभियान गरी जनाउनु पर्छ। अब विगतको दिनहरुमा जस्तो गल्ती दोहोरिनु दिनु हुँदैन। अध्यक्ष मन घिसिङले ५ अप्रेल २०२५ पार्टीको स्थापना दिवसको दिन अब म बिगार्नु दिने छुइन भनी आफ्नो वक्तव्यमा जनाएका थिए। अब हामी पनि अध्यक्ष मन घिसिङसंग काँधमा काध मिलाएर हिड्नेछौं।गोर्खाहरुको भाग्य बिगार्न दिइने छैनौं। यसको निम्ति शाखामा हामी जनसम्पर्क अभियान गरी जनतालाई जागरुक गराउनेछौं भनी सभामा वक्ताहरुले जनाए।
यसको निम्ति शाखालाई बलियो बनाएर लानेछौं साथै आगमी दिनहरुमा वृहत रुपमा सभाको आयोजना गरि भावी रणनीति तय गर्नेछौं। सभामा समष्टि महासचिव बासु छेत्रीको प्रमुख उपस्थिति रहेका थिए भने समष्टिमा शाखाहरुलाई लिएर सांगठनिक सभाहरु तीब्र गतिमा भइरहेको वासु छेत्रीले थप जानकारी दिएका छन्।