पेडल फेस्ट खरसाङ अन्तर्गत माउण्टेन बाइक रेस प्रतियोगिता आयोजना

IMG-20250608-WA0238

खरसाङ: पेडल फेस्ट खरसाङ अन्तर्गत आईतबार माउण्टेन बाइक रेस (एमटीबी) प्रतियोगिता आयोजना गरिएको छ। आईतबारदेखि शुरु भएको समर फेस्टिवल २०२५ को पहिलो दिन उक्त माउण्टेन बाइक रेस प्रतियोगिता आयोजना गरिएको छ। उक्त माउण्टेन बाइक रेस प्रतियोगिता खरसाङ एमटीबी राईड्स र दार्जिलिङ हिमालयन रेलवेको आयोजना तथा जीटीएको पर्यटन विभागको सहभागितामा आयोजना गरिएको छ। उक्त रेस प्रतियोगिता सुकनादेखि खरसाङको गिध्द पहाडस्थित रक गार्डन भ्यु पोइन्टसम्म आयोजना गरिएको छ। बिहान ८:३० बजीतिर सुकना फरेष्टको म्युजियम क्षेत्रबाट उक्त रेस शुरु गरिएको थियो। उक्त रेसलाई सुकनामा एनएफ रेलवेको एडीआरएम, डीएचआरको निर्देशक रिशप चौधरी र जीटीए पर्यटन विभागको फिल अफिसर डा. दावा शेर्पा आदिले झण्डा हल्लाएर उक्त माउण्टेन रेसको शुरुवात् गरेका थिए। उक्त रेस सुकनाबाट राष्ट्रिय राजमार्ग ११० भएर रंगटङ्ग हुँदै तीनधारे, घैयाबारी र महानदी भएर गिध्द पहाडको रक गार्डनस्थित भ्यु पोइन्टमा आएर समाप्त भएको छ। यस रेसमा जम्मा ३५ जनाले सहभागिता जनाएका थिए भने ५ जनाले फन राईडरको रुपमा भाग लिएका थिए। यसमा सिक्किमको रानी पुल निवासी अनुस शेर्पा प्रथम, सिक्किमको रानीपुल निवासी गणेश प्रसाई दोस्रो भएका छन् भने दार्जिलिङ निवासी हेमन्त पौड्याल तेस्रो भएका छन्।

सबै प्रतियोगीहरुलाई गिध्द पहाडस्थित रक गार्डन भ्यु पोइन्टमा पारितोषिक वितरण गरिएको छ। यस अवसरमा मुख्य अतिथिको रुपमा जीटीएको पर्यटन विभागका एमओडी सभासद नुरी शेर्पा उपस्थित रहेका थिए भने विशिष्ट अतिथिको रुपमा सभासद श्याम शेर्पा, खरसाङ खण्ड पञ्चायत समितिको सभापति अनु छेत्री प्रधान र नारी शक्ति खरसाङ महकुमा समितिको सचिव जैतुन निशा खातुन उपस्थित रहेका थिए। सबै प्रतियोगीहरुलाई अतिथिहरुका बाहुलीबाट पुरस्कार वितरण गरिएको छ। यस दार्जिलिङ हिमालयन रेलवेको निर्देशक रिशप चौधरीले सम्बोधन गरेका थिए भने यस कार्यक्रमलाई खरसाङ एमटीबी राईड्सका सदस्य दिपराज पराजुलीले‌ सञ्चालन गरेका थिए‌ यस माउण्टेन बाइक रेस प्रतियोगिता विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ एमटीबी राईड्सका सदस्य दिपराज पराजुलीले पेडल फेस्ट खरसाङ अन्तर्गत आईतबार माउण्टेन बाइक रेस प्रतियोगिता सुकनादेखि खरसाङको गिध्द पहाड क्षेत्रमा रहेको रक गार्डनस्थित भ्यु पोइन्टसम्म आयोजना गरिएको जानकारी गराएका छन्‌‌।‌

त्यसरी नै जीटीएको पर्यटन विभागको फिल्ड अफिसर दावा शेर्पाले पनि विस्तृत रुपमा जानकारी गराएका छन्। यस प्रतियोगितामा प्रथम हुने सिक्किमका अनुस शेर्पाले पनि आफ्नो अनुभव साझा गर्दै एनएच ११० भएर यो माउण्टेन बाइक रेस एकदमै सठीक रहेको यस रुटको प्राकृतिक सुन्दरता पनि राम्रो र आफुलाई यो रुट मन परेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement