हाइपरबिक अक्सीजन च्याम्बर अर्थात ग्यामो ब्याक वितरण

IMG_20220915_230745.jpg

गान्तोक: उच्च हमाली क्षेत्रमा यात्रा गर्दा अक्सिजनको कमीले हुने समस्याबाट बचाउन हाइपरबिक अक्सीजन च्याम्बर अर्थात ग्यामो ब्याक वितरण गरिएको छ। पश्चिम सिक्किमको योक्सम भएर यात्रा गर्ने पर्यटकहरूको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै वितरण गरिएको हो। युनाइटेड नेशन डेवलपमेण्ट प्रोग्राम र भारत सरकारको प्रयासमा गठित सिक्योर हिमालय प्रोजेक्टले प्रायोजन गरेको यो उपकरण कञ्चनजंघा राष्ट्रिय निकुञ्ज घुम्न जाने पर्यटकहरूको निम्ति ग्यामो ब्याक प्रयोग गर्न सकिनेछ।

यसैगरी योक्सम, दुब्दी ग्राम पञ्चायत कार्यालयको निम्ति शौर्य ऊर्जाले चल्ने विद्युत उपकरणको पनि उद्घाटन गरियो। यस अवसरमा योक्समका महकुमा अधिकारी, खण्ड विकास अधिकारी, स्वास्थ्य अधिकारी, ग्राम पञ्चायत सदस्यगण, कञ्चनजंघा कञ्जरवेसन कमिटी (केसीसी) र यूएनडीपी भारतका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यूएनडीपीको ग्रीन रिकवरी प्रोजेक्ट अन्तर्गत ग्राम पञ्चायत र केसीसीको तत्परतामा शौर्य ऊर्जाले चल्ने पावर ब्याकप स्थापना गरिएको हो। यसले ग्राम पञ्चायत कार्यालयमा निरन्तर रूपमा विद्युत सर्वराह गराउने छ।यसै गरी, ग्राम पञ्चायत कार्यालय परिसरमा स्थापित हाते कागज निर्माण एकाईलाई पनि सहयोग प्रदान गरिएको छ। मुख्य अतिथिको रूपमा उपस्थित महकुमा अधिकारी टी. छिरिङ भोटियाले यस परियोजना निर्माणको कार्यलाई सराहना गरेका छन्। यसले पञ्चायत कार्यालयलाई अभिनव ऊर्जा श्रोतको प्राप्ति भएको र जीवीकोपार्जनमा सहयोगी सिद्ध हुने बताए। यसरी नै ग्यामो ब्याकले केएनपी क्षेत्रमा हुने यात्राको समयमा दुर्घटनामा पर्ने यात्रीहरूलाई सहयोगी सिद्ध हुने बताए। प्रत्येक वर्ष अक्सीजनको कमीले धेरै यात्रीहरूलाई समस्या हुने भएको कारण यसको आवश्यकता रहेको उनले बताए। केसीसीका अध्यक्ष युडेन भोटिया र केएनपी-का प्रतिनिधिहरूले यूएनडीपीको सहयोगलाई सराहना गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement