गेजिङ: “एक पेड माँ के नाम २.०” अभियानलाई लिएर गेजिङ जिल्लास्तरीय समितिको बैठक आज गेजिङ जिल्ला प्रशासनिक केन्द्रमा सम्पन्न भयो। आमाहरूको सम्मानमा बिरूवा रोप्ने र संरक्षण गर्ने राष्ट्रव्यापी अभियानबारे बैठकले छलफल गरेको थियो। यसअन्तर्गत समितिले राज्यभरि पर्यावरण संरक्षणबारे कार्यक्रम सञ्चालनमाथि जोड़ दिइयो। गेजिङ जिल्लाका जिल्लापाल तेञ्जिङ डी. डेञ्जोङपाको अध्यक्षतामा सम्पन्न भएको बैठकमा अतिरिक्त जिल्लापाल (विकास) सुरत कुमार गुरूङ लगायत अन्यहरूको उपस्थिति रहेको थियो। बैठकको क्रममा जिल्लाका सबै खण्ड र पञ्चायतहरूमा अभियानलाई प्रभावकारी कार्यान्वयन गर्ने कुरामा प्रमुखता दिएको थियो। बैठकलाई सम्बोधन गर्दै जिल्लापालले अभियानको महत्वबारे जोड दिए। अभियानले पृथ्वीवाई जलवायु परिवर्तनबाट जोगाउन योगदान पुर्यालउने उल्लेख जिल्लापालले गरे। उनले सबै सरकारी विभागहरूलाई प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न समन्वय गर्ने निर्देश दिए।