वृद्धआश्रम र चाइल्ड केयर सेण्टरमा आयुषको जनचेतना कार्यक्रम

IMG-20250607-WA0235

गान्तोक: सिक्किम सरकारको स्वास्थ्य अनि परिवार कल्याण विभागअन्तर्गत राष्ट्रीय आय़ुष मिशनले आज अन्तर्राष्ट्रीय योग दिवसलाई केन्द्र गर्दै रानीपुलमा सञ्चालित वृद्ध आश्रम र बोझोघारीमा सञ्चालित चाइल्ड केयर संस्थामा एक कार्यक्रम आयोजन गऱ्यो। कार्यक्रममा योग आसनका आधारभूत ज्ञान, प्राणायामसहित योग सत्रहरू, दैनिक जीवनमा योग र आयुष चिकित्सा प्रणालीद्वारा प्राप्त हुने लाभबारे प्रकाश जागरूकताबारे वार्ता प्रस्तुत गरिएको थियो। यस अवसरमा रक्तचाप, हेमोग्लोबिन लगायत विभिन्न रोगको जाँच पनि गरिएको थियो। कार्यक्रममा सहभागीहरूलाई हातधुने विधि, स्वास्थ पोषण र व्यक्तिगत सरसफाइबारेमा जानकारी गराइयो। उक्त अवसरमा योगसम्बन्धी जानकारीमूलक सामग्री वितरण गरियो भने सबै सहभागीहरूलाई च्यवनप्राश र हर्बल काडा जस्ता आयुष प्रतिरक्षा बूस्टरहरू प्रदान गरिएको थियो। यसबीच हाजिरी जवाफ प्रतियोगिता, नृत्य लगायत विभिन्न विषयमा अन्तर्क्रिया सत्रको पनि आयोजना गरिएको थियो। कार्यक्रममा ८६ विद्यार्थीहरुले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement