रिनाकमा ‘समयोगा’ माथि कार्यक्रम

IMG-20250607-WA0234

गान्तोक: अन्तर्राष्ट्रीय योग दिवसको तयारीबारे सिक्किम आयुष सोसाइटी र नेश्नल आयुष मिशनको संयुक्त पहलमा आज रिनाक सामुदायिक स्वास्थ्य केन्द्रमा एक कार्यक्रम सम्पन्न भयो। समयोगा थिममाथि आयोजित कार्यक्रममा “वैकल्पिक चिकित्सा, आधुनिक चिकित्सा र योग” माथि छलफल गरिएको थियो। डा. एजे खडकाले योगको समावेशीकरणसहित अभ्यासहरूमाथि जानकारी गराए। यस अवसरमा विभागका विशेषज्ञ प्यानलिस्टहरूमा प्रयास शर्मा र जीना थापाले आफ्ना अनुभवहरू साझा गर्दै सहभागीहरूसँग अन्तर्क्रिया गरेका थिए। कार्यक्रममा खुल्लारूपमा छलफल पनि गरिएको थियो। जसले दर्शकहरूको सहभागितालाई प्रोत्साहित गर्न अनुभवहरु साझा गरेका थिए। कार्यक्रममा ४० जनाले सहभागिता जनाएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement