नयाँ दिल्ली: अष्ट्रेलियाका पूर्व कप्तान रिकी पोण्टिंगले युवा शुभमन गिललाई टेस्ट कप्तान बनाउने कदमलाई सही बताएका छन्। गिलले २० जूनदेखि ईंग्ल्याण्डविरुद्ध खेलिने ५ वटा टेस्ट म्याचको सीरीजमा भारतीय टीमको कप्तानी गर्नेछन्। रोहित शर्मा र विराट कोहलीले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि यो भारतको पहिलो टेस्ट सीरीज हुनेछ। पोण्टिंगले आईसीसी रिभ्यू-मा भने, मेरो विचारमा यो सही फसेला हो। धेरैले बुमराहलाई कप्तान बनाउने कुरा गरिरहेका थिए तर उनको क्षेत्रमा चोट समस्या बनेको छ। कप्तानले कुनै म्याच गुमाउनु हुँदैन। यसैकारण गिल सही विकल्प हुन्। उनलाई लामो समयसम्म मौका दिनु पर्नेछ। आईपीएलमा गुजरात टाइटन्सको निम्ति उनको कप्तानीले उनमा नेतृत्व क्षमता रहेको थाहा लाग्छ। एकजना ब्याटर र कप्तानको रूपमा रन बनाउनु जरूरी हुन्छ अनि गिलले यस्तो गरिरहेका छन्। यसैकारण उनी सही व्यक्ति हुन्। पोण्टिंगको भनाइअनुसार, गिलले चौथो नम्बरमा खेल्दै आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्न सक्नेछन्। उनले भने, साई सुदर्शन र यशस्वी जयसवालले ईनिंग्सको शुरुवात गर्न सक्नेछन्। सुदर्शन तक्निकी रूपले मजबूत छन्। तेस्रो नम्बरमा केएल राहुल या करुण नायरमा एकजनाले खेल्न सक्नेछन् जबकि चौथो नम्बरमा गिल सही रहनेछन्। गिलले आईपीएल २०२५-मा १५५ भन्दा अधिकको स्ट्राईक रेटले ६५० रन बनाए तर टेस्ट क्रिकेटमा उनको रेकर्ड त्यति राम्रो छैन। गिलले अहिलेसम्म ३२ वटा टेस्टमा ३५.०५-को औसतले १८९३ रन बनाएका छन्। विशेषगरी सेना (दक्षिण अफ्रिका, ईंग्ल्याण्ड, न्यूजील्याण्ड र अष्ट्रेलिया) देशहरूमा उनले १५ वटा ईनिंग्समा १७-को औसतले केवल २५५ रन बनाएका छन्।