गोरुबथान: आज दिनांक १५ सितम्बर बिहीबार जिल्ला कानुनी सेवा प्राधिकरणको एवं अनुज्ञालय संस्थाको संयुक्त रुपमा समावियोङ बी एम विद्यालयको विद्यार्थीहरुलाई लिएर एउटा जनचेतामूलक कार्यक्रमका आयोजना गरियो। लगभग चालिसभन्दा धेर विद्यार्थी एवं शिक्षकहरुको उपस्थितिमा जिल्ला कानुनी सेवा प्राधिकरण एवं संस्थाको परिचय दिँदै पी एल भी राजु सार्कीले “इम्प्यक्ट अफ भर्च्युल रियालिटी” माथि नानीहरुलाई जानकारी दिए। यो कति प्रकारको हुन्छ जस्तै मोबाइल फोन, देस्टोप, लेपटप, यससित कसरी कम्बाइन गरी भी आर गाग्ल्स, एच डी हेडफोन आदिद्वारा नानीहरूलाई रियालिटी देखि आर्टिफिसियल वातावरणमा धकेलिन्छ भन्ने बारे बताए।फेसबूक, इन्स्टाग्राम, वाटसएप भने सामाजिक सन्जालहरुले कसरी नानीहरूलाई प्रभाव पारी रहेको छ भन्ने गहन विषयमा सरल ढंगमा बुझाए।सी पी डब्लु उज्ज्वल राईले मोबाइल फोनबाट सामाजिक सन्जालको माध्यमबाट हाम्रा नानीहरुको मानसिकतामा कसरी परिवर्तन गर्दैछ एवं कुन प्रकारले यसले हामीलाई कन्ट्रोल गर्दैछ भन्ने विषयमा बताए।मोबाइल फोनको दुरुपयोग र माइन्ड फुडको कारण आइरहेको विकृति एवं नानीहरुलाई मनोबैज्ञानिक रूपमा कस्तो असर गर्दाछ सो बारे विस्तारमा बताए। यसको विकृतिबाट बाँच्नुको निम्ति के कसो गर्ने विद्यार्थीहरुलाई बुझाए। कसरी, जिल्ला कानुनी सेवा प्राधिकरण, संस्थाहरू, च्याल्डलाइन आदिको सहायताद्वारा यसदेखि बच्ने सो पनि बताए। शिक्षकहरूद्वारा कार्यक्रमको निम्ति आभार व्यक्त गरेका भने भविष्य स्कूलसित यस्तो जनचेतना कार्यक्रम गर्ने बारे पनि बात भयो।










