पेरिस: विश्वका पूर्व नम्बर एक टेनिस खेलाड़ी तथा २४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन नोवाक जोकोविचको निम्ति २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने प्रतीक्षा अझ बढ़ेको छ। सर्बियाका स्टार खेलाड़ीले फ्रेञ्च ओपनको सेमिफाइनलमा विश्वका नम्बर एक खेलाड़ी इटलीको यानिक सिनरविरुद्ध सीधा सेटमा हारको सामना गर्नु पऱ्यो। म्याच हारेपछि जोकोविचको कोर्टबाट बिदा लिने तरिकाले फ्रेञ्च ओपनमा यो उनको अन्तिम म्याच भएको संकेत प्राप्त भएको छ। सेमिफाइनलमा सिनरले जोकोविचलाई ६-४, ७-५, ७-६ (७-३)-ले पराजित गरे। जोकोविचले आफ्नो अन्तिम ग्राण्ड स्ल्याम खिताब २०२३-मा यूएस ओपनको रूपमा जितेका थिए। सिनरविरुद्ध पराजित भएपछि कोर्ट छोड़्न अघि जोकोविचलाई भावुक देखियो। उनले आफ्नो किट ब्याग राखेर दर्शकहरूका अभिवादन स्वीकार गरे। उनले दर्शकहरूलाई समर्थनको निम्ति धन्यवाद दिए। त्यसपछि रातो माटोलाई छुएर अघि बढ़े। जोकोविचको यस्तो व्यवहारले दर्शकहरूलाई चकित बनायो। फ्रेञ्च ओपनमा ३ पल्टका च्याम्पियन जोकोविचले पछिबाट आउँदो साल शायद उनी पेरिस नआउने कुरा स्वीकार गरे। उनले भने, यो मैले यहाँ खेलेको अन्तिम म्याच हुनसक्छ। यसैकारण अन्तमा सामान्य भावुक भएँ। यो मेरो रोलाँ ग्यारोमा विदाई म्याच भए असाधारण रह्यो। यहाँको वातावरण र दर्शकहरूका समर्थन अभूतपूर्व थियो। के म अघि खेल्न चाहन्छु? यसको जवाफ अवश्यै खेल्नु चाहन्छु हुनेछ तर के १२ महिनापछि म फर्किन सक्नेछु? यसलाई लिएर चाहिँ म निश्चित छुइनँ। अहिले म यति मात्र भन्न सक्छु।