सेण्टियागो (चिली): फिफा वर्ल्ड क्वालीफायरको दक्षिण अमेरिकी (कनमेबोल) चरणमा अर्जेण्टिना र प्याराग्वेले जीत हासिल गऱ्यो। यसबीच ब्राजील चाहिँ ड्र-मा रोकियो। शुक्रवार राति खेलिएको म्याचमा अर्जेण्टिनाले चिलीलाई १-०-ले पराजित गऱ्यो। अर्जेण्टिनाले अगावै वर्ल्ड कपको निम्ति क्वालीफाई गरिसकेको छ अनि चिलीविरुद्ध म्याचमा पनि टीमले असाधारण प्रदर्शन गऱ्यो। यस अवे म्याचमा ६७ प्रतिशत पोजेशनको साथ खेल्ने अर्जेण्टिनाई टीमबाट एकमात्र गोल जूलियन अल्वारेजले १६औं मिनटमा गरे। अर्जेण्टिनाई टीमका दिग्गज फरवर्ड लियोनल मेस्सीले म्याचको ५७औं मिनटमा निको पाजको स्थानमा सब्स्टीट्यूड खेलाड़ीको रूपमा मैदानमा प्रवेश गरे पनि उनलाई पुरानो फर्ममा देखिएन। यस जीतपछि अर्जेण्टिना १५ वटा म्याचमा ३४ पोइण्ट्सको साथ शीर्ष स्थानमा कायम रह्यो। यसरी चिली १० पोइण्ट्सको साथ दशौं तथा अन्तिम स्थानमा रहेको छ।
यसबीच ब्राजील चाहिँ इक्वेडोरविरुद्ध गोलरहित (०-०) ड्र-मा रोकियो। यसरी रियल म्याड्रिडबाट ब्राजील टीममा मुख्य प्रशिक्षकको रूपमा सामेल हुने कार्लो एन्सेलोट्टीको राष्ट्रिय टीमसँग पदार्पण चाहिँ यादगार रहेन। म्याचमा दुई टीमबीच रोचक प्रतिस्पर्धा भयो। दुवै टीमले लगातार प्रयास गरे पनि गोल गर्न सकेन। यस ड्र पछि ब्राजील २२ पोइण्ट्सको साथ चौथो स्थानमा कायम रह्यो। यसरी दोस्रो स्थानमा रहने इक्वेडोरसँग २४ पोइण्ट्स रहेको छ। अन्य एउटा रोमाञ्चक म्याचमा प्याराग्वेले उरुग्वेलाई २-०-ले पराजित गऱ्यो। आफ्नो होम ग्राउण्डमा केवल २९ प्रतिशत पोजेशनको साथ खेल्ने प्याराग्वेबाट मातियास गालार्जाले १३औं र जूलियो एनसिसोले ८१औं मिनटमा गोल गरे। यस जीतपछि प्याराग्वे २४ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा तेस्रो स्थानमा रहन पुग्यो। यसरी उरुग्वे २१ पोइण्ट्सको साथ पाँचौं स्थानमा रहेको छ। भेनेजुएलाले बोलिभियालाई २-०-ले पराजित गऱ्यो। म्याचमा ४० प्रतिशत पोजेशनको साथ खेल्ने होम टीमबाट सोलोमन रोण्डोनले ३०औं मिनटमा गोल गरे। अन्य एक गोल आत्मघाती (हेक्टर कुएलार, पाँँचौं मिनट) रह्यो। भेनेजुएला १८ पोइण्ट्सको साथ सातौं स्थानमा रहेको छ। कोलम्बिया र पेरुबीच खेलिएको अन्य एउटा म्याच गोलरहित ड्र (०-०) रह्यो। कोलम्बिया २१ पोइण्ट्सको साथ गोल अन्तरको आधारमा छैटौं स्थानमा रहेको छ।