फ्रेञ्च ओपन २०२५: जोकोविच बाहिर, फाइनलमा सिनर र अल्काराजबीच भिड़न्त हुने

photocollage_202567113538205

पेरिस: विश्वका नम्बर एक पुरुष टेनिस खेलाड़ी यानिक सिनरले आफ्नो असाधारण प्रदर्शन जारी राख्दै फ्रेञ्च ओपन टेनिस टुर्नामेण्टको पुरुष एकल फाइनलमा स्थान बनाए। इटलीका खेलाड़ीले दोस्रो सेमिफाइनल म्याचमा सर्बियाका दिग्गज खेलाड़ी नोवाक जोकोविचलाई पराकजित गरे। यसको साथै जोकोविचको २५औं ग्राण्ड स्ल्याम खिताब जित्ने सपना पूरा हुन सकेन। सिनरले ३ घण्टा १६ मिनटसम्म चलेको सेमिफाइनल म्याचमा जोकोविचलाई ६-४, ७-५, ७-६ (७-३)-ले पराजित गरे। यो सिनरको जोकोविचविरुद्ध लगातार चौथो जीत हो। जोकोविचले अन्तिमपल्ट २०२३-मा यूएस ओपनको खिताब जितेका थिए, जुन उनको करियरको २४औं ग्राण्ड स्ल्याम खिताब थियो। त्यस समयदेखि जोकोविचको २५औं ग्राण्ड स्ल्याम जित्ने प्रतीक्षा लगातार अघि बढ़िरहेको छ। जोकोविचले अन्तिमपल्ट सिनरविरुद्ध २०२३ एटीपी फाइनल्समा जीत दर्ता गरेका थिए।
पुरुष एकलको फाइनलमा सिनरको भिड़न्त स्पेनका स्टार खेलाड़ी कार्लोस अल्काराजसँग हुनेछ। गत वर्ष अल्काराजले रोलाँ ग्यारोको सेमिफाइनलमा सिनरलाई पराजित गरेर पछिबाट खिताब जितेका थिए। २०१३-को यूएस ओपनपछि पहिलोपल्ट कुनै ग्राण्ड स्ल्यामको महिला र पुरुष एकलको फाइनलमा विश्वका नम्बर एक र नम्बर दुई खेलाड़ीबीच भिड़न्त हुनेछ। गत च्याम्पियन अल्काराजका प्रतिद्वन्द्वी इटलीका खेलाड़ी लोरेञ्जो मुसेटी चोटले गर्दा सेमिफाइनल म्याचबाट हट्न वाध्य भए। इटलीका आठौं वरीयता प्राप्त मुसेटीले म्याचको पहिलो सेट जिते पनि ४ पल्टका ग्राण्ड स्ल्याम च्याम्पियन अल्काराजले असाधारण पुनरागमन गर्दै लगातार २ सेट जिते। त्यसपछि म्याचको चौथो सेटमा मुसेटीले रिटायर हर्ट हुने फसेला गरे। मुसेटीले म्याच छोड़्दा अल्काराज ४-६, ७-६ (३), ६-०, २-०-ले अघि थिए।

अल्काराजले भने, यसही म्याच जित्नु सही होइन। लोरेञ्ज महान खेलाड़ी हुन्। म उनलाई शुभकामना दिन्छु अनि उनी चाँड़ै स्वस्थ्य हुन् भनेर प्रार्थना गर्छु। उनीसँग चाँड़ै टेनिस कोर्टमा भेट हुने आशा छ। २२ वर्षीय अल्काराजले अब आफ्नो दोस्रो फ्रेञ्च ओपन तथा समग्रमा पाँचौं ग्राण्ड स्ल्याम खिताबको निम्ति फाइनलमा चुनौती पेश गर्नेछन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement