गान्तोक: ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किम (बीएएस) को एउटा बैठक आज सङ्गठनका अध्यक्ष तथा मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङको भीआइपी कलोनीस्थित निवासमा बस्यो। बैठकमा सङ्गठनका शीर्ष पदाधिकारी र सदस्यहरूको उपस्थिति रहेको थियो। बैठकमा महासचिव सुकान्त दासले हालै नयाँ दिल्लीमा बसेको ब्याडमिन्टन एसोसिएशन अफ् इण्डिया (बीएआइ) को वार्षिक आम सभामा भएका विभिन्न विषयको छलफल सम्बन्धी सङ्गठनका सदस्यहरूलाई जानकारी गराए।
बैठकमा ब्याडमिन्टन एसोसिएशन अफ् सिक्किमका आगामी दुईवटा प्रमुख इभेन्ट बारे पनि चर्चा गरियो जसमा इन्टर स्कूल ब्याडमिन्टन टुर्नामेन्ट र पहिलो गान्तोक ओपन ब्याडमिन्टन टुर्नामेन्ट रहेको छ।