दशौं श्रेणीमा उत्कृष्ट अंक ल्याउने दुई विद्यार्थीलाई भीमबहादुर छेत्री स्मृति छात्रावृत्ति

IMG-20250606-WA0297

सोरेङ: यस वर्षको दशौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक हासिल गरेर उत्तीर्ण बन्ने दोदक सरकारी माध्यमिक विद्यालयका दुई विद्यार्थीलाई भीमबहादुर छेत्री स्मृति गुठीले छात्रवृत्ति हस्तान्तरण गरिएको छ। बोर्ड परीक्षामा स्कूल टप्पर बनेकी नित्य गुरुङलाई २० हजार रुपियाँ र दोस्रो टप्पर अनिरोध छेत्रीलाई १० हजार रुपियाँ छात्रवृत्ति प्रदान गरिएको हो। उल्लेख्य, दोदक निवासी समाजसेवी तथा स्कूल सञ्चालन समितिका सदस्य सन्तोष छेत्रीले आफ्ना स्वर्गीय बाजे भीमबहादुर छेत्रीको पुण्य स्मृतिमा “भीमबहादुर छेत्री स्मृति गुठी”-को स्थापना गरी यस वर्षदेखि छात्रवृत्ति प्रदान शुरू गरेको हो। उक्त छात्रवृत्ति प्रतिवर्ष दशौं श्रेणीको बोर्ड परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने शीर्ष दुईजना विद्यार्थीहरुलाई प्रदान गरिने गुठीका संस्थापक सन्तोष छेत्रीले बताए। विद्यार्थीहरुलाई पढाईमा अभिप्रेरित गर्नको निम्ति छात्रवृत्ति शुरु गरिएको उनले थप बताएका छन्। अर्कोतिर आज दोदक स्कूलमा प्रशिक्षणका निम्ति आएका आठजना बीएड विद्यार्थीहरुलाई स्कूल परिवारले स्मृति चिन्ह प्रदान गरि सम्मान जनाइयो। उनीहरूको सम्मानमा विदाई कार्यक्रम पनि आयोजना गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement