सिक्किम घुम्न आएका पर्यटकको मृत्यु

IMG-20250606-WA0296

गेजिङ: पश्चिम बंगालको कोलकाताबाट सिक्किम घुम्न आएका पर्यटकको मृत्यु भएको छ। मृतकको नाम श्राबन्ती दत्त रोय रहेको पुष्टि भएको छ। प्राप्त जानकारीअनुसार पर्यटक दम्पती सुशितल रोय र श्राबन्ती रोय पेलिङबाट कलुकतर्फ जाँदै थिए। देन्ताम नजिकै हि-वाटर गार्डनमा श्राबन्ती रोय अचानक बिरामी भएर बेहोस भएकी थिइन्। दिउँसो करिब ३:४० बजीको उक्त घटनापछि उनलाई देन्ताम प्राथमिक स्वास्थ्य केन्द्र लगियो। प्राथमिक जाँचपछि उनलाई मृत घोषित गरियो। प्राथमिक अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया पुरा गरेपछि उनको शव कोलकाता पठाउने अनुमति दिइएको छ। देन्ताममा पर्यटन केन्द्रका अधिकारी पूजन गुरुङले बताएअनुसार देन्ताम टुरिस्ट सूचना केन्द्रद्वारा कोलकतासम्म पुऱ्याउने तय गरिएको छ। उक्त दुःखद क्षणमा देन्ताम प्राथमिक स्वास्थ्य केन्द्र, देन्ताम पुलिस र पर्यटन सूचना केन्द्रका कर्मचारीहरूले देखाएको तत्परता र सहयोगप्रति प्रशासनले आभार व्यक्त गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement