कालचिनी: कालचिनी मा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा उर्लाबारी एफसी, मोरंग (नेपाल)-ले सेमीफाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत शुक्रवार खेलिएको तेस्रो क्वार्टर फाइनल म्याच मा उर्लाबारी एफसी-ले युनाइटेड फूटबल क्लब दार्जीलिङविरुद्ध २-० ले जीत हासिल गऱ्यो। विजेता टीमको तर्फबाट दुवै गोल श्याम मूर्मूले गरे। श्याम मूर्मू प्लेयर अव् द म्याच बने। टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ जूनमा खेलिनेछ। सबै म्याच हरू कालचिनी थाना ग्राउण्डमा खेलिनेछ।

टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।