सिलगढी: आज सिलगढी नगरनिगमको १५ नम्बर वार्डस्थित स्वामीजी मोड संलग्न इलाकामा सिलेन्डर बोकेको गाडीबाट एउटा सिलेन्डर चोरी गर्न गएका एकजना युवकलाई पक्रेर पुलिसलाई सुम्पिदिएको छ। वाहन चालकले बताएअनुसार धेरै दिनदेखि शहरभरिमै ग्यास सिलेन्डरको गाडीबाट सिलेन्डर चोरीको घटना भइरहेको छ। आज ग्यास सिलेन्डर बोकेको वाहन रोकेर एउटा घरमा सिलेन्डर दिन गएको समय एकजना युवकले वाहनबाट सिलेन्डर चोरी गर्ने प्रयास गरिरहेको समयमा तिनलाई पक्राउ गरेर पानीट्याङ्की आउटपोस्ट पुलिसलाई सुम्पिदिएको छ। पुलिसले उक्त युवकलाई हिरासतमा लिएर थानामा लगे।










