खरसाङ: खरसाङका युवा रामकृष्ण शर्मा (आरके शर्मा) ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्। ईण्डियन गोर्खा जनशक्ति फ्रण्टको प्रमुख संयोजक अजय एडवर्ड्स र केन्द्रीय कार्यकारी सदस्यहरूको उपस्थितिमा सामाजिक कार्यकर्ता आरके. शर्मा आफ्नो टोलीसहित ईण्डियन गोर्खा जनशक्ति फ्रण्टमा सामेल भएका छन्।

आज खरसाङमा सम्पन्न पार्टीको एक कार्यक्रमबीच आरके शर्मा आफ्नो टोलीसहित औपचारिक रूपमा इन्डियन गोर्खा जनशक्ति फ्रन्टमा सामेल भएका छन्। उनलाई प्रमुख संयोजक अजय एडवर्ड्स र केन्द्रीय कार्यकारी सदस्यहरूको उपस्थितिमा खरसाङस्थित पार्टी कार्यालयमा पार्टीमा आधिकारिक रुपमा सामेल गरिएको छ।