कवि एंव गीतकार बालकृष्ण थामी मातृ शोकमा

IMG-20250606-WA0224

खरसाङ: खरसाङका कवि एंव गीतकार बालकृष्ण थामी मातृ शोकमा परेका छन्। उनको माता गोमा थामीको बिहीबार साँझ ४:३० बजीतिर ८८ वर्षको उमेरमा निधन भएको छ। प्राप्त जानकारी अनुसार बिहीबार अपरान्ह खरसाङस्थित घरमा अचानक बिमार भएर खरसाङ महकुमा अस्पताल उपचारको लागि पुराएपछि डाक्टरले मृत घोषणा गरेका छन्। स्व गोमा थामीले आफुपछि सुपुत्र कवि एंव गीतकार बालकृष्ण थामी, बुहारी पुष्प थामी, छोरी एंव नाता नातिनीहरु छोडी गएको जानकारी प्राप्त भएको छ। कवि एंव गीतकार बालकृष्ण थामीकी माता गोमा थामीको अन्तिम संस्कार शुक्रबार अपराह्न १ बजीतिर खरसाङको डाउहिल रोडमा रहेको गुड शेफर्ड स्कूल नजिक रहेको वासस्थानबाट घाटको लागि लगिएको जानकारी पारिवारिक सूत्रबाट प्राप्त भएको छ‌। कवि एंव गीतकार बालकृष्ण थामीकी माता गोमा थामीको निधनमा २८ नम्बर खरसाङ चिमनी देवराली समष्टिको सभासद श्याम शेर्पाले श्रध्दाञ्जली अर्पण गर्दै शोकित परिवारप्रति गहिरो शोक समवेदना प्रकट गरेका छन्। यस दुःखद घड़ीमा गोर्खा जनपुस्तकालय खरसाङको तर्फबाट शोकित परिवारप्रति गहिरो शोक समवेदनासहित दिवङ्गत आत्माप्रति आफ्नो व्यक्तिगत लगायत गोजपुको पक्षबाट हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु भनी मूल सचिव एंव कवि विनोद रसाइलीले विज्ञप्ति जारी बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement