सूर्या फाउण्डेशनद्वारा विश्व पर्यावरण दिवस पालन

IMG-20250606-WA0221

खरसाङ: सूर्या फाउण्डेशनद्वारा दार्जिलिङ क्षेत्रको विभिन्न गाउँहरुमा विश्व पर्यावरण दिवस मनाइएको छ। सूर्या संस्कार केन्द्रका नानीहरू तथा ग्रामवासीहरुलाई साथमा लिएर गरिएको यस कार्यक्रममा जन जागरण हेतु र्‍याली, वृक्षारोपण, इकोब्रिक्स जो प्लास्टिकको बोटलमा मिठाईका खोल तथा अन्य विभिन्न प्लास्टिक हाली बनाइयो तथा स्वच्छता अभियान गरिएको छ। यस कार्यक्रमलाई आजको दिनमा मात्रमा सीमित नराखेर आजीवन कार्यान्वयन गरिने छ भनी क्षेत्र प्रमुख कमल दाहालले जनाएका छन्। स्मरण गराइन्छ सूर्या फाउण्डेशन एक सामाजिक संस्था हो जसले विश्व हितलाई ध्यानमा राखि बिगत 35 वर्ष देखि यस्ता विभिन्न कार्यक्रमहरु गरिरहेको छ भनी योगेन्द्र छेत्रीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement