खरसाङ बजार क्षेत्रमा प्रवासी श्रमिकहरुकाे घुँईचाेले स्थानीय श्रमिकहरु हराईरहेको साथै दैनिक राेजगारकाे समस्या धेरै बढिरहेकाे छ: एल्जिन ब्राह्मण

IMG-20250606-WA0223

खरसाङ: खरसाङ बजार क्षेत्रमा प्रवासी श्रमिकहरुकाे घुँईचाेको कारणले स्थानीय श्रमिकहरु हराईरहेको साथै दैनिक राेजगारकाे समस्या धेरै बढिरहेकाे छ भनी प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष एल्जिन ब्राह्मणले एक प्रेस विज्ञप्ति जारी गरी बताएका छन्। उनले यस विषयमा बोल्दै भने, ‘भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको एक भातृ संगठनकाे रुपमा २०२१ देखि प्रजातान्त्रिक असंगठिक श्रमिक संगठन खरसाङ महकुमा समितिले कार्य गर्दै आईरहेका छन्।‌ दैनिक रुपमा राेजगार गरेर खाने श्रमिकहरुकाे लागि काम गरिरहेता पनि समस्या भने जस्ताको तेस्तै छ। किनभने क्षेत्रीय मालिकहरुले स्थानीय श्रमिकहरुलाई काम लगाउनु छाेडीसकेका छन्।’
उनले यस विषयमा प्रेस विज्ञप्ति जारी गर्दै भने, ‘संगठनकाे माध्यमबाट हरेक पटक अपिल गरेता पनि घर मालिक समूह र ठेकेदार समूहले अनदेखा गरिरहेका छन्। आज हामीले हाम्रो मानिसलाई अंगालेनाैँ भने भविष्यमा हामीलाई नै धेरै समस्या आईपर्ने संगठनले महसुस गरिरहेका छाैँ। काठ मिस्त्री, सिमेन्ट मिस्त्री, रंग मिस्त्री, ढुङ्गा मिस्त्री, बत्ती मिस्त्री, पानी मिस्त्री इत्यादि प्रचुर मात्रामा छन्। हामीलाई पनि माैका दिनुपर्छ। हिजोआज विभिन्न क्षेत्रहरुमा स्वतन्त्र श्रमिक संगठनहरुले स्थानीय श्रमिकहरुलाई काम गर्ने माैका दिनुपर्ने अपिल गरिरहेका छन्। यस् कुरालाई हामी पूर्ण रूपमा समर्थन गर्दैछाैँ साथै हामी अपिल पनि गर्न चाहान्छाैँ कि प्रवासी मिस्त्री साथै क्षेत्रीय मिस्त्री दुवैले एक समान राेजगार पाउनुपर्छ तर उनीहरु संगठनभित्र बाँधिएकाे हुनुपर्छ। दिनहुँ नयाँ नयाँ कामदारहरु लिएर आउनु बन्द गर्नुपर्छ। संगठनकाे सदस्यता काटेकाे हुनुपर्छ।संगठनकाे नियम कानुन मानेकाे हुनुपर्छ। समतल खण्डमा हामी राेजगार गर्नु परेमा उनीहरुकाे युनियनकाे अनुमतिबिना राेजगार पाउँदैनाैँ। हामीले पनि सोही प्रकारले सबैलाई संगठनमा समावेश गरी राेजगार दिलाउने दिशामा लागिपरेका छाैँ।’
प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको अध्यक्ष एल्जिन ब्राह्मणले अघि भने, जीटीए क्षेत्रमा भईरहेका विकासकाे कार्यमा दुवै पक्षकाले राेजगार प्राप्त गर्नु सकाेस् भन्ने संगठनको मांग छ। दैनिक राेजी राेटी गरेर खाने दाेकान, हाडवेर, हाेटल, हाेम स्टे साथै सम्पूर्ण असंगठित क्षेत्रहरुका कामदारहरुकाे लागि प्रजातान्त्रिक असंगठित श्रमिक संगठनले निरन्तर रुपमा काम गर्दै आईरहेका छन् । अब छिट्टै नै हामी एक प्रतिनिधि टाेली गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनका प्रमुख कार्यपाल अनित थापा समक्ष गएर यस समस्या विषयमा अवगत गराउनेछाैँ। दाेकान हाेटलमा कार्य गरिरहेका कामदारहरुले पनि विगत धेरै वर्षदेखि समस्या भाेगिरहेका छन्। बाेनस, वार्षिक बिदा साथै थुप्रै समस्याहरु भाेगदै आईरहेका छन्। यस् विषयमा पनि अघिल्लो दिशामा बढ्ने हामीले जमर्को कसेका छाैँ।’
उनले अझ भने, ‘विगत दिनहरूमा पनि जीटीए प्रमुखले हामी श्रमिकहरुका लागि धेरै कामहरु गरिदिएका थिए।‌ उनको कुशल नेतृत्वमा हामी श्रमिकहरुले भाेगिरहेका विभिन्न समस्याहरुकाे सामाधान गरिदिने भनी विश्वास रहेका छन्।
यस कार्य सबै क्षेत्रीय श्रमिकहरु, स्वतन्त्र श्रमिकहरु, यस संगठनमा बाँधिएर काम गर्नु जरुरी छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement