तीनधारे: तीनधारेको ब्लु डाईमण्ड अंग्रेजी स्कूलद्वारा विश्व पर्यावरण दिवसमा विभिन्न कार्यक्रमहरु आयोजना गरेको छ। यस स्कूलका प्रबन्धक प्रह्लाद रसाईली, प्राचार्य रवि सुब्बा, शिक्षक शिक्षिकाहरु साथै विद्यार्थीहरु उपस्थित भएर आयोजना गरिएको उक्त विश्व पर्यावरण दिवसको कार्यक्रम स्कूल परिसरमा सम्पन्न भएको छ। यस अवसरमा पर्यावरण सचेतना पर्यावरणको महत्व विषयमा नर्सरीदेखि चौथो श्रेणीसम्मको विद्यार्थीहरुलाई लिएर चित्र बनाऊ प्रतियोगिता आयोजना गरिएको छ। यसरी नै तेस्रो र चौथो श्रेणीका विद्यार्थीहरुलाई लिएर वायु प्रदूषण, जल प्रदुषण, ध्वनि प्रदुषण, हरियो वन, वृक्ष रोपण एंव वृक्षहरुको मानव जीवनमा महत्व विषयमा सानो सानो लेखहरु पठन गरिएको छ।

यस कार्यक्रमलाई स्कूलकाे प्रभारी शिक्षिका कविता मुखियाले सञ्चालन गरेकी थिइन्। यस कार्यक्रममा उपस्थित सबैलाई स्कूलकाे तर्फबाट धन्यवाद ज्ञापन गरिएको छ भनी प्राचार्य रवि सुब्बाले दिएका छन्।