देउराली संघ नक्आउट फूटबलः बेलगाछी स्पोर्टिंग क्लब क्वार्टर फाइनलमा

photocollage_2022915221331477.jpg

१५ सेप्टेम्बरः देउराली संघ रंगमोहन (च्यांगा, पानीघट्टा)-को तत्त्वावधानमा आयोजित देउराली संघ नक्आउट फूटबल टुर्नामेण्ट (काईंली तामाङको स्मृतिमा)- मा बेलगाछी स्पोर्टिंग क्लबले क्वार्टर फाइनलमा स्थान बनायो। रंगमोहन हाई स्कूल मैदानमा बिहीवार खेलिएको दोस्रो राउण्डको पहिलो म्याचमा बेलगाछी स्पोर्टिंग क्लबले पीएस दिलारामलाई १-०-ले पराजित गऱ्यो। म्याचमा विजेता टीमबाट अल्केश तामाङले एकमात्र गोल गरे। शुक्रवार खेलिने म्याचमा एमटीवाईएस मगरटोला र रंगमोहन बोइजबीच भिड़न्त हुनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २८ र २९ सेप्टेम्बरमा खेलिनेछ। यसरी नै फाइनल २ अक्टोबरमा हुनेछ। टुर्नामेण्टमा विजेता हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै उपविजेता हुने टीमलाई ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिने आयोजक समितिको पक्षमा अध्यक्ष रजत तामाङले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement