१५ सेप्टेम्बरः सरस्वती हायर सेकेण्डरी स्कूल, मंगपूको कौस्तुब जयन्तीको अवसरमा आयोजित जिल्ला स्तरीय अन्तरविद्यालय फूटबल प्रतियोगितामा कालेबुङको कुमुदिनी होम्सले फाइनलमा स्थान बनायो। बिहीवार मंगपू जनमैदानमा भएको म्याचमा कुमुदिनी होम्सले आयोजक सरस्वती हायर सेकेण्डरी स्कूललाई ३-१-ले पराजित गऱ्यो। सारधन राईलाई प्लेयर अव् द म्याच चयन गरियो। अब शुक्रवार खेलिने दोस्रो सेमिफाइनलमा सेण्ट रोबर्टस हायर सेकेण्डरी स्कूल (दार्जीलिङ) र आरकेएसपी (दार्जीलिङ)-बीच भिड़न्त हुनेछ। टुर्नामेण्टको फाइनल १८ सेप्टेम्बरमा हुनेछ।










