गान्तोक: मंगन जिलाको विभिन्न स्थानमा फँसेका पर्यटकहरूमध्ये ६३ जनालाई आज सकूशल पाकिम जिल्लाको हवाई अड्डामा अवतरण गराइय़ो। यसका साथै प्रतिकूल मौसमको कारण दुइदिनको निम्ति हेलिकप्टर सेवा स्थागित गरिएको छ। विशेष गरेर मौसम खराबीको कारण हेलिकप्टर सेवा स्थागित गरिएको जानकारी गराइएको छ।
उद्धार कार्यको प्रथम चरणमा छातेनबाट कूल 39 जना पर्यटकहरू सहित अन्य चारजनालाई सकुशल उद्दार गर्दै पाकिम हवाई अड्डामा ल्याइएको थियो। यस क्रममा छातेनबाट पश्चिम बंगालको बागडुग्रासम्मको निम्ति एमआई-१७ हेलिकप्टरको माध्यमद्वारा १८ जनालाई अवतरण गरिएको जानकारी गराइएको छ। प्राप्त जानकारीअनुसार छातेनमा फँसेका ६३ जना पर्यटकहरूलाई पाकिम र बागडुग्रा हवाई अड्डामा उतारिएको थियो। खराब मौसम रहे तापनि अहिले पाकिम हवाइ अड्डामा दुईवटा एमऐआई-१७भी५ हेलिकप्टर तैनाथ गरिएकोे छ। मौसम सफा रहेमा दुई हेलिकप्टरले छातेनमा रहेका पर्यटकहरूलाई गान्तोक ल्याउने योजना राखेको छ।