अग्नि सापकोटा विरुद्धको आदेशपछि माओवादी केन्द्र समाचारमा

IMG-20250605-WA0240

काठमाडौं: सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष अग्नि सापकोटा विरुद्धको मुद्दामा थप अनुसन्धानको बाटो खुला गरेपछि पार्टीले यस विषयमा आन्तरिक छलफल सुरु गरेको छ।
अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को निवास खुमलटारमा माओवादी केन्द्रका शीर्ष नेताहरूको आन्तरिक बैठक बसिरहेको छ। बैठकले सर्वोच्च अदालतको निर्णयको बारेमा पार्टीको राय बनाउने नेताहरूले बताएका छन्। बैठकले अब कसरी अगाडि बढ्ने भन्ने रणनीति पनि तय गर्नेछ। यद्यपि, माओवादी केन्द्रका नेताहरू आदेश राम्रो नभएको बताउँछन्।
माओवादी नेताहरू भन्छन् कि यो सशस्त्र द्वन्द्वकालका घटनाहरूलाई फेरि उठाउने प्रयास हो। पूर्व सभामुख सापकोटा विरुद्धको यो मुद्दा २० वर्षपछि सर्वोच्च अदालतले पुनर्जीवित गरेको छ। काभ्रेका अर्जुन लामाको हत्याको आरोपमा सापकोटा विरुद्ध दर्ता भएको उजुरी मन्त्रिपरिषद्को निर्णयका कारण रोकिएको थियो तर अब मुद्दाको अनुसन्धान अगाडि बढ्नेछ।

About Author

Advertisement