घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलद्वारा विश्व पर्यावरण दिवस अनि सचेतना रैली

IMG-20250605-WA0252

खरसाङ: घैयाबारीको ब्लु डाईमण्ड अंग्रेजी स्कूलको आयोजनामा विश्व पर्यावरण दिवस पालन गर्दै पर्यावरण सचेतनाको लागि रैलीको आयोजना गरिएको छ। कार्यक्रमको पूर्वाध्दमा प्राचार्य मार्थारानी राईले विद्यार्थीहरुलाई यस वर्षको विश्व पर्यावरण दिवसको थिम विषयमा जानकारी गराएकी छन्।

उनले विद्यार्थीहरुलाई पर्यावरण सचेतना विषयमा विद्यार्थीहरुलाई सचेतना गराएकी छन्। त्यसपछि स्कूल परिसरबाट प्राचार्य, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरु उपस्थित भएर पर्यावरण सचेतना रैलीको आयोजना गरिएको छ। उक्त रैली घैयाबारी क्षेत्र परिक्रमा गर्दै घैयाबारी ग्राम पञ्चायत तीनको पञ्चायत कार्यालयसम्म पुगेर फर्केर स्कूल परिसरमा आएर समाप्त गरिएको छ।‌

उक्त सचेतना रैलीमा विद्यार्थीहरुले पर्यावरण सचेतनालाई लिएर विभिन्न नाराहरु पनि लगाएका थिए भनी शिक्षक सन्तोष लामाले जानकारी गराएका छन्‌‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement