खरसाङ: घैयाबारी नेताजी हाई स्कूलद्वारा आज विश्व पार्यवरण दिवसमा वृक्ष रोपणको कार्य सम्पन्न गरिएको छ। यस अवसरमा घैयाबारीको गुरुङ गुम्बा परिसरमा आज ३० वटा वृक्षहरु रोपिएको छ। यस अवसरमा स्कूल परिसरदेखि गुम्बासम्म विद्यार्थी नानीहरुले पार्यवरण संरक्षण सम्बन्धि विभिन्न प्रकारको स्लोगन – ‘हरियो वन विश्वको धन, प्लास्टिकको प्रयोग नगरौं,जलको संरक्षण गरौं’ जस्ता नाराहरु लगाएका थिए। यसको साथै स्कूल परिसरमा पनि सर-सफाई गरी वृक्ष रोपणको कार्य गरियो।

यस अवसरमा घैयाबारी हाई स्कूलका प्रधान अध्यपक दिनेश प्रधान लगायत सह शिक्षकहरुको उपस्थिति रहेको थियो भनी स्कूलका प्रधान अध्यापक दिनेश प्रधानले जानकारी गराएका छन्।