घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा विश्व पर्यावरण दिवससितै सर सफाई र वृक्ष रोपण

IMG-20250605-WA0246

तीनधारे: खरसाङ खण्ड अन्तर्गत घैयाबारी ग्राम पञ्चायत दुईको आयोजनामा विश्व पर्यावरण दिवसको अवसरमा सरसफाई साथै वृक्ष रोपण कार्य सम्पन्न गरिएको छ‌।

यस अवसरमा घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधान, उप प्रधान रञ्जित थापा, पञ्चायत सदस्यहरु क्रमैले पुष्पकुमारी प्रधान, अजय विश्वकर्म, योगराज प्रधान, बिनिता गजमेर र दावा दोर्जे लामा साथै विभिन्न स्वनिर्भर दलका प्रतिनिधिहरु, भीबीडीसी, आशाकर्मीहरु, आँगनवाडी कर्मीहरु लगायत अन्यहरु उपस्थित भएर पर्यावरण सचेतनाको लागि रैलीको आयोजना गरिएको छ। यस अवसरमा तीनधारेको गोलाई पाखामा रहेको राष्ट्रिय राजमार्गमा रहेको वी लभ तीनधारे लेखिएको स्थानमा सर सफाई साथै वृक्ष रोपण गरिएको छ।

यस विषयमा पत्रकारहरुसित कुराकानी गर्दै घैयाबारी ग्राम पञ्चायत दुईको पञ्चायत प्रधान भगवती प्रधानले आज विश्व पर्यावरण दिवसको अवसरमा सरसफाई साथै वृक्ष रोपण गरिएको जानकारी गराएकी छन्। उनले जताभावी मैलाहरु र प्लास्टिक नफ्याँक्ने आह्वान् गर्दै सबैले आफ्नो गाउँघरको सर सफाईमा ध्यान दिनु पर्ने आह्वान् पनि गरेकी छन्‌।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement