कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति फूटबलः भोल्भो एपेक्स सेभेन क्वार्टर फाइनलमा

IMG_20220915_220211.jpg

१५ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित कल्पना छेत्री अनि रञ्जना शेर्पा स्मृति च्यालेञ्ज कप नक्आउट फूटबल टुर्नामेण्टमा भोल्भो एपेक्स सेभेनले क्वार्टर फाइनलमा स्थान बनायो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको दोस्रो राउण्डको म्याचमा भोल्भो एपेक्स सेभेनले २९ माईल युनाइटेडलाई टाईब्रेकरमा ३-२-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो।नियमित समयमा भोल्भो एपेक्स सेभेनबाट अरुण तामाङले अनि २९ माईल युनाइटेडबाट छेवांग यांगमीले गोल गरे। यस सेभेन ए साइड टुर्नामेण्टमा जम्मा ३६ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको दुईवटा सेमिफाइनल ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबरमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई ट्रफीको साथमा १ लाख १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement