खरसाङ: चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाको पहल र अगुवाईमा विश्व पर्यावरण दिवसको अवसरमा चिमनी क्षेत्रमा विरुवाहरु रोप्ने कार्य सम्पन्न गरिएको छ। यस अवसरमा क्यामुना, काफल, साईप्रस, धुप्पी जस्ता उन्नत प्रकारका रुखका बिरुवाहरु ८० वटा जति रोपिएको छ। उक्त बिरुवा रोपण कार्यमा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापा, नर्थ शिवखोलाका वरिष्ठ व्यक्ति राम खवास र लोवर चिमनी सगरमाथा समाजका सचिव सुरज छेत्रीले वक्तव्य पनि राखेका थिए। उक्त बिरुवा रोपण कार्यमा चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्या शारदा थापा र भेटेनरी विभागका पूर्व कर्मचारी बलि प्रधान पनि उपस्थित रहेका थिए। यस कार्यमा यस क्षेत्रका दुईवटा स्वनिर्भर दलहरु ‘चेतना’ र ‘माला’ का सदस्याहरु पनि उपस्थित रहेका थिए।

उक्त बिरुवा रोपण कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत सदस्य दिपेस थापाले आज विश्व पर्यावरण दिवसको अवसरमा उन्नत प्रजातिको विभिन्न रूखका बिरुवाहरु रोप्ने कार्य गरिएको बताएका छन्। उनले यस कार्यमा बिरुवाहरु उपलब्ध गराई दिएकोमा बाघगौडा रेञ्जको रेञ्जर सुनिल राई र खरसाङको डीएफओ देवेश पाण्डेप्रति आभार प्रकट गरेका छन्। उनले पर्यावरण संरक्षकको यसरी नै कार्य गर्दै जाने पनि बताएका छन्।