खरसाङ महाविद्यालयमा एक दिने युवा सम्मेलन कार्यक्रम सम्पन्न

IMG-20250605-WA0231

खरसाङ: खरसाङ महाविद्यालयमा रामकृष्ण मिशन विद्या मन्दिरको युवा सम्मेलन खरसाङ महाविद्यालयमा खरसाङ महाविद्यालयको आई.क्यु.एस.सी. अनि रामकृष्ण मिशन विद्या मन्दिर, बेलुर मठ कोलकाताको संयुक्त आयोजनामा एक दिने युवा सम्मेलन कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रमका अध्यक्ष महाविद्यालयका प्राचार्य डा समीर बल रहेका थिए भने अथितिहरू रामकृष्ण मिशन विद्या मन्दिरबाट आएका थिए। कार्यक्रमको पहिलो चरणमा विद्यार्थी, शिक्षण अनि अशिक्षण कर्मचारीहरूका निम्ति नैतिक मूल्यमा आधारित कार्यक्रमहरू प्रस्तुत गरिएको थियो। स्वामी विवेकानन्दको जीवनी अनि उनका नैतिक मूल्यमा आधारित उक्त कार्यक्रममा खरसाङ महाविद्यालयका शिक्षण, अशिक्षण एवम् विद्यार्थीहरूलाई रामकृष्ण मिशन विद्यामन्दिरका प्राचार्य स्वामी महाप्रजानन्दले विशेष सम्वोधन गरेका थिए। रामकृष्ण मिशनको उद्देश्य अनि स्वामी विवेकानन्दका शिक्षा अनि यसको प्रचार प्रसार बारेमा डा. सुभेन्दु मजुमदारले आफ्नो वार्ता प्रस्तुत गरेका थिए। यस कार्यक्रमको दोस्रो भागमा अन्तर महाविद्यालय प्रतियोगिता कार्यक्रम पनि राखिएको थियो। यस कार्यक्रममा खरसाङ महाविद्यालयसँग भाग लिन सोनादा डिग्री कलेजबाट पनि विद्यार्थीहरू समावेश भएका थिए। खरसाङ कलेज अनि सोनादा कलेजका विद्यार्थीहरूमाझ चित्र बनाऊ, निबन्ध लेखन अनि तात्कालिक वक्तव्य जस्ता प्रतियोगितात्मक कार्यक्रम पनि सम्पन्न भएको थियो। खरसाङ महाविद्यालयका शिक्षण संघका सचिव डा. कर्मा ल्हमुले स्वागत सम्भाषण गर्दै उनैद्वारा सञ्चालन गरिएको यस कार्यक्रममा खरसाङ महाविद्यालयका आई.क्यु. एस. सी. कोओर्डीनेटर डा योगेश खातीले पनि आफ्ना सम्बोधन राखेका थिए। कार्यक्रमको अन्त्यमा विजेता विद्यार्थीहरूलाई रामकृष्ण विद्या मन्दिरका तर्फबाट पुरस्कार पनि प्रदान गरिएको थियो। आफ्नो सम्बोधन राख्दै कार्यक्रमका अध्यक्ष खरसाङ महाविद्यालयका प्राचार्य डा. समीर बलले स्वामी विवेकानन्द आजका युवाहरूका निम्ति नैतिक शक्तिका रूपमा रहेका छन् भनी बताए।

उनले भविष्यमा विद्यार्थीमुखी यस्ता कार्यक्रमहरू रामकृष्ण मिशनका सहायतामा गर्न सकिने बताउँदै उपस्थित सबै अथिति, शिक्षण, अशिक्षण एवम् विद्यार्थीहरूलाई धन्यवाद दिए। एक दिने उक्त कार्यक्रमा व्यापक रूपमा शिक्षण, अशिक्षण एवम् विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement