दिगो पर्यटनको उद्देश्यको साथमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा विश्व पर्यावरण दिवस पालन

IMG-20250605-WA0226

खरसाङ: खरसाङ क्षेत्रमा लगातार रुपमा दिगो पर्यटन र खरसाङको पर्यटकीय स्थलहरूको सुन्दरीकरणमा कार्य गरिरहेको संस्था खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको आयोजनामा विश्व पर्यावरण दिवस पालन गर्दै वृक्ष रोपणको कार्य सम्पन्न गरेको छ। यस संस्थाले बिहीबार खरसाङको चिमनी, देउराली क्षेत्रमा वृक्ष रोपणको कार्य गरेका छन्। यस अवसरमा खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको सभापति किशोर सिंह, सचिव रिचार्ड राजु गुरुङ, सह सचिव वाङचुङ भोटिया, टेक्निकल हेड ऋषि प्रधान, प्रचार प्रसार सचिव विधान गुरुङ लगायत १६ जना कार्यकारी सदस्यहरु उपस्थित भएर वृक्ष रोपणको कार्य सम्पन्न गरेका छन्। विश्व पर्यावरण दिवसको अवसरमा यस संस्थाले विशेष गरेर विभिन्न फल‌ र फूलहरुका २०० वटा जति बिरुवाहरु रोप्ने कार्य सम्पन्न गरेका छन्। यस वृक्ष रोपणको कार्यको मुख्य उद्देश्य प्लास्टिकमुक्त खरसाङ क्षेत्र, पर्यटकीय स्थलहरूको सुन्दरीकरण र नयाँ पर्यटकीय स्थलहरू चिन्हित गरेर पर्यटन व्यवसायमा‌ सहयोग गर्नु रहेको बताइएको छ।‌ यस वृक्ष रोपणको कार्य अन्तर्गत यस संस्थाले आज देवरालीको कञ्चनजङ्घा भ्यु पोइन्टको शुरुवात् गर्दै वृक्ष रोपण गरेका छन्। त्यसरी नै काली पोखरी सेल्फी पोइन्ट शुरु गरेर सर सफाई साथै वरिपरि वृक्ष रोपण गरिएको छ‌ भने चिमनी फरेष्ट भिलेजमा पनि वृक्ष रोपणको कार्य सम्पन्न गरेका छन्‌। उक्त संस्थाले आज गरेको वृक्ष रोपणको कार्यमा चाहिएको बिरुवाहरु तीन माईल सोसियल फरेस्ट रेञ्जबाट प्राप्त भएको बताइएको छ। उक्त पर्यावरण दिवस साथै वृक्ष रोपणको कार्य विषयमा पत्रकारहरुसित कुराकानी गर्दै खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको प्रचार प्रसार सचिव विधान गुरुङले खरसाङ महकुमाभरिका पर्यटनसित सम्बन्धित व्यक्तिहरुलाई समेटेर खरसाङ एसोसिएसन फर टुरिज्म एण्ड कन्जरभेशनको २०२३ मा गठन गरेर कार्य थालिएको बताएका छन्। उनले यस संस्थाको मुख्य उद्देश्य खरसाङ क्षेत्रमा दिगो पर्यटनलाई अघि लानु अनि नयाँ पर्यटकीय स्थलहरू खोजी गर्नु र साथै खरसाङमा रहेका विभिन्न पर्यटकीय स्थलहरूको सर सफाई र सुन्दरीकरण गर्नु रहेको पनि बताएका छन्‌।

उनले विश्व पर्यावरण दिवसको अवसरमा २०० वटा बिरुवाहरु तीनवटा विशेष स्थानहरुमा रोप्ने कार्य गरिएको र यसमा विशेष गरेर विभिन्न प्रजातिका फलहरू र फूलहरुको बिरुवाहरु रोप्ने कार्य गरिएको बताएका छन्‌। विधान गुरुङले खरसाङ एसोसिएशन फर टूरिज्म एण्ड कन्जरभेशनले २०२१ देखि कार्य गर्दै आईरहेको भए पनि २०२३ देखि भने खरसाङ महकुमा क्षेत्रमा रहेका विभिन्न पर्यटकीय प्रतिनिधिहरुलाई लिएर कार्य शुरु गरिएको जानकारी गराएका छन्‌‌। उनले विशेष गरेर यस संस्थाले खरसाङ क्षेत्रमा दिगो पर्यटनको लागि कार्य गरिरहेको पनि बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement