दार्जीलिङ: दार्जीलिङ नगरपालिकाले दुई महिनाको हिसाब किताब सार्वजनिक गऱ्यो। दार्जीलिङ नगरपालिकाको वित विभागीय नगरपार्षद विष्णु मल्लले गत जुलाई महिना र अगस्त महिनाको हिसाब किताब आज सार्वजनिक गरेको छ। वित विभागीय नगरपार्षद मल्लले बताएअनुसार गत जुलाई महिनामा दार्जीलिङ नगरपालिकासँग २४ लाख, ६२ हजार ६ सय १० रूपियाँ रहेको थियो। जुलाई महिनामा दार्जीलिङ नगरपालिकाले ५३ लाख, २५ हजार,७ सय १९ रूपियाँ संग्रह गरेको थियो। जम्मा ७७ लाख, ८८ हजार, ३ सय २९ रूपियाँ भएको थियो।जसमा बेतन ३ लाख ६७ हजार, ४ सय ४३ रूपियाँ खर्च भएको थियो। त्यसरी नै सफल कर्मचारीहरू को निम्ति ३ लाख, ७३ हजार,८ सय रूपियाँ खर्च भएको थियो।त्यसरी नै जुन महिनाको बेतन १७ लाख, ५४ हजार,५ सय २७ रूपियाँ खर्च भएको थियो। यसमा आयकर २ लाख, ५४ हजार १ सय काटिएको थियो। चेयरम्यान, भाइस चेयरम्यान लगायत नगरपार्षदहरूमा १ लाख,८३ हजार,१ सय ५० रूपियाँ खर्च आएको छ। अवकाशप्राप्त कर्मचारीहरू लगायत विषयहरूमा ६ लाख,४१ हजार,३ सय ८८ रूपियाँ खर्च भएको छ।मोठ रकम ८३ लाख,२९ हजार,५ सय ३४ रूपिया खर्च भएको थियो अनि ३४ लाख,५८ हजार,७ सय ९५ रूपियाँ रहेको छ। त्यसरी नै अगस्त महिनामा ३४ लाख, ५८ हजार,७ सय, ९५ रूपियाँ दार्जीलिङ नगरपालिकामा रहेको थियो। नगरपालिकाले विभिन्न क्षेत्रहरूबाट ५६ लाख ७६ हजार ४ सय १५ रूपियाँ संग्रह गरेको थियो। जम्मा ९१ लाख, ३५ हजार,२ सय १० रूपियाँ भएको थियो, जसमा बेतनमा ३४ लाख,८८ हजार,८ सय ८३ रूपियाँ खर्च भएको थियो। आयकर ९३ हजार १ सय ८३ रूपियाँ काटिएको छ। अस्थायी सफाई कर्मी आदिको बेतनमा १४ लाख, ९८ हजार, १३ रूपियाँ खर्च भएको थियो। मोठ खर्च ५३ लाख, १६ हजार, ७ सय ८१ रूपियाँ भएको थियो। पालिकासंग ३८ लाख, १८ हजार, ४ सय, २९ रूपियाँ रहेको वित विभागीय नगरपार्षद विष्णु मल्लले बताए। दार्जीलिङ नगरपालिकाको विल्डिङमा बसोबासो गर्ने किरायदारहरूले नगरपालिकालाई किराय नदिने,त्यसरी नै दोकानदारहरूले नगरपालिकालाई कर नतिर्नेहरूले चल्दै गरेको सेप्टेम्बर महिनाको अन्तसम्म पालिकासँग सम्पर्क नगरेको खण्डमा नगरपालिकाले तिनीहरू विरूद्ध कार्यवाही गर्न हामी बाध्य हुने छौँ भन्ने विभागीय नगरपार्षद मल्लले भने। दार्जीलिङ अन्तर्गत पर्ने धेरैवटा दोकानदारहरूले टेट्र लाइन्ससम्म बनाएको छैन, तिनीहरूले पनि टेट्र लाइन्स बनाउने अनुरोध गर्दै विभागीय नगरपार्षद मल्लले अक्टोबर महिनादेखि पालिकाले प्रत्येक दोकान एंव आदि क्षेत्रहरूमा टेट्र लाइन्स चेक गर्ने जानकारी गराए। यदि त्यस अवधि टेट्र लाइन्स नभेटिएको खण्डमा हामी कार्यवाही गर्न बाध्य हुने छौ मल्लले भने।










