नयाँ दिल्ली: अष्ट्रेलियाको टेस्ट कप्तान प्याट कमिन्सले टीमका शीर्ष ब्याटर स्टीव स्मिथले दक्षिण अफ्रिकाविरुद्ध आउँदो वर्ल्ड टेस्ट च्याम्पियनशीप फाइनलमा चौथो नम्बरमा ब्याटिंग गर्ने पुष्टि गरे। डब्ल्यूटीसी फाइनल ११-देखि १५ जूनसम्म लर्ड्समा खेलिनेछ। टेस्टमा चौथो नम्बरमा ब्याटिंग गर्दै २३ वटा शतक र २६ वटा अर्द्धशतक बनाउने स्मिथले गत संस्करणको फाइनलमा पहिलो ईनिंग्समा शतक (१२१) बनाएका थिए। उनको त्यस शतकले अष्ट्रेलियाको निम्ति लण्डनको ओवलमा भारतविरुद्ध २०२३-मा डब्ल्यूटीसी फाइनल जित्नमा अष्ट्रेलियाको निम्ति मञ्च तयार गरेको थियो। यसपाली स्मिथले उस्मान ख्वाजासँग अष्ट्रेलियाको निम्ति ओपनिंग गर्ने चर्चा चलिरहेको थियो तर कप्तान कमिन्सले त्यसलाई खारेज गरेका छन्। उनले भने, स्मिथले डब्ल्यूटीसी फाइनलमा चौथो नम्बरमा ब्याटिंग गर्ने म पुष्टि गर्छु। अष्ट्रेलिया लगातार दुईपल्ट डब्ल्यूटीसी खिताब जित्ने पहिलो टीम बन्ने तयारीमा जुटेको छ अनि कमिन्सले २ सालको च्याम्पियनशीप चक्रमा प्रतिस्पर्धा गर्ने चुनौतीहरूबारे चर्चा गरे।
कमिन्सले भने, २०२३-मा खिताब जितेपछि त्यसलाई कायम राख्ने चुनौती सजिलो हुँदैन। वास्तवमा फाइनलमा नपुगेसम्म कुनै कुरा वास्तविक हुँदैन। अहिले हामी फाइनलमा पुगिसकेका छौं अनि एकपल्ट फेरि आईसीसी ट्रफी जित्नु हाम्रो निम्ति असाधारण उपलब्धि हुनेछ। यसबाहेक लर्ड्समा खेल्नु सदा यादगार अनुभव हुन्छ। यो एउटा यस्तो टुर्नामेण्ट हो जसमा प्रत्येक टेस्ट खेल्ने देशले कड़ा चुनौती दिन्छ अनि अन्तमा निरन्तर असल प्रदर्शन गर्ने देशले सफलता हासिल गर्न। टेस्ट क्रिकेटमा निरन्तर असल प्रदर्शन गर्नु सजिलो हुँदैन। यसैकारण यस टुर्नामेण्टको अलग महत्त्व छ।