अन्तर्राष्ट्रिय क्रिकेटमा २१ हजार रन पूरा गरी सचिनको रेकर्ड तोड़्ने गोरेटोमा अग्रसर रुट

IMG-20250605-WA0138(1)

लण्डन: ईंग्ल्याण्डका स्टार ब्याटर जो रुटले अन्तर्राष्ट्रिय क्रिकेटमा २१,००० रन पूरा गरेर एउटा ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। यस उपलब्धिसम्म पुग्ने उनी ईंग्ल्याण्डका पहिलो अनि समग्रमा १०औं खेलाड़ी बनेका छन्। रुट अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा सर्वाधिक रन बनाउनेहरूका सूचीमा १०औं स्थानमा रहेका छन्। द ओवलमा वेष्ट इण्डिजविरुद्ध खेलिएको तेस्रो वनडे म्याटको अवधि उनले यस उपलब्धिलाई हासिल गरे। उनले म्याचमा ४९ बलको सामना गरेर ४४ रन बनाए। वेष्ट इण्डिजविरुद्ध ३ वटा वनडे म्याचमा टीमको निम्ति सर्वाधिक रन बनाउने रुटले प्लेयर अव् द सीरीज को पुरस्कार पनि जिते। उनले ३ वटा म्याचमा १३३.५०-को औसतले ३६७ रन बनाए, जसमा एउटा शतक अनि एउटा अर्द्धशतक सामेल छ। उनले दोस्रो वनडेमा अविजित १६६ रन बनाएका थिए। त्यस शतकीय ईनिंग्सको अवधि रुट पूर्व कप्तान इयोन मोर्गनलाई पछि छोड़ेर ईंग्ल्याण्डको निम्ति वनडे प्रारूपमा सर्वाधिक रन बनाउने ब्याटर बनेका थिए। यसको साथमा उनी ७००० वनडे रन पूरा गर्ने ईंग्ल्याण्डका पहिलो क्रिकेटर बनेका थिए।
रुटले अहिलेसम्म ३६५ वटा इण्टरनेशनल म्याच (टेस्ट, वनडे र टी२०आई मिलाएर)-मा ४९.३५-को औसतले २१०२५ रन बनाएका छन्, जसमा ५४ वटा शतक र ११२ वटा अर्द्धशतक सामेल छ। उनको सर्वश्रेष्ठ स्कोर २६२ रन रहेको छ। यस सूचीको शीर्षमा भारतका महान क्रिकेटर सचिन तेन्दुलकर रहेका छन्। सचिनले आफ्नो करियरमा ६६४ वटा म्याचमा ३५३५७ रन बनाएका थिए। रुटले यस साल ९ वटा वनडे म्याचमा ७५.५०-को औसतले ६०४ रन बनाएका छन्, जसमा २ वटा शतक र ३ वटा अर्द्धशतक सामेल छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement