कालचिनी: कालचिनीमा जारी ग्लोरी कप २०२५ फूटबल टुर्नामेण्टमा मोंगरा एफसी (सामुकतला)-ले रोमाञ्चक जीतको साथ सेमिफाइनलमा स्थान बनायो। ग्लोरी कप अर्गनाइजिंग कमिटीको तत्त्वावधानमा आयोजित यस टुर्नामेण्टअन्तर्गत बुधवार खेलिएको पहिलो क्वार्टर फाइनल म्याचमा मोंगरा एफसी-ले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-विरुद्ध पेनल्टी शूटआउटमा ५-४ ले जीत हासिल गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१ को बराबरीमा रहेको थियो। नियमित समयको खेलमा मोंगरा एफसी-को तर्फबाट सत्यजीत हंसदाले गोल गरे। यसरी डीएसए-को तर्फबाट सुजल मुण्डा (पोग्बा)-ले गोल गरे। विजेता टीमका सत्यजीत हंसदा प्लेयर अव् द म्याच बने।

टुर्नामेण्टमा जम्मा १६ वटा टीमले हिस्सा लिएको छ। फाइनल १५ जूनमा खेलिनेछ। सबै म्याच हरू कालचिनी थाना ग्राउण्डमा खेलिनेछ। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी रनरअप् हुने च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ।