प्रदेश भाजपा-ले मोदी सरकारको ११ वर्षका उपलब्धीहरू गाउँ-गाउँमा पुऱ्याउने

IMG-20250604-WA0269

गान्तोक: भारतीय जनता पार्टी (भाजपा), सिक्किमले मोदी सरकारको ११ वर्षका उपलब्धिहरूलाई लिएर राष्ट्रव्यापी कार्यक्रमलाई सिक्किममा पनि प्रभावकारी कार्यक्रम र पहलहरूका साथ मनाउने तयारी गरेको छ। आगामी ९ जूनदेखि २५ जूनसम्म चल्ने यो १५ दिन लामो कार्यक्रमको तयारीका लागि भाजपा सिक्किमले आज गान्तोकस्थित आफ्नो नगर कार्यालयमा एक राज्यस्तरीय कार्यशाला आयोजना गर्‍यो। कार्याशालामा प्रदेश अध्यक्ष डीआर थापा, उपाध्यक्ष तथा कार्यक्रम संयोजक दिनेश चन्द्र नेपाल, महासचिव अर्जुन राई, प्रवक्ता पासाङ ग्याली शेर्पा साथै पार्टीका कार्यकारीहरू, जिल्ला अध्यक्षहरू, मोर्चा अध्यक्षहरू र अन्य प्रमुख कार्यकारी सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यशालाले आगामी कार्यक्रमहरूको तालिका र विभिन्न पार्टी शाखाहरूलाई जिम्मेवारीहरू पनि प्रदान गरिएको छ।
पार्टीले जानकारी गराएअनुसार यस अभियानमा “संकल्पदेखि सिद्धि” को सूत्रवाक्यमा पालन गरिने मोदी सरकारको ११ वर्षको उत्सवमा पत्रकारहरूसँग अन्तरक्रिया, प्रमुख उपलब्धिहरूलाई लिएर पत्रकार सम्मेलन, पेशागत व्यक्तित्वहरूसित भेटघाट, प्रत्येक विधानसभा क्षेत्रमा आयुष्मान भारत र ई-श्रम जस्ता केन्द्रीय कल्याणकारी योजनाहरूका लागि पञ्जीकरण शिविरहरू र डिजिटल अभियानहरू मार्फत पहुँच विस्तार गर्ने कार्यक्रमहरू समावेश रहनेछन्। यस अतिरिक्त आजको कार्यशालामा यस १५ दिनको कार्यक्रमबीच पालन गरिने प्रमुख अवसरहरूलाई पनि समावेश गरेको छ जसमा विश्व वातावरण दिवस (५ जून), अन्तर्राष्ट्रिय योग दिवस (२१ जून), डा. श्यामा प्रसाद मुखर्जी बलिदान दिवस (२३ जून) र आपतकालको ५०औं वार्षिकी (२५ जून) समावेश छन्। यी कार्यक्रमहरूलाई पनि सार्थक रूपमा पालन गर्न पार्टीका समर्पित पदाधिकारीहरूलाई जिम्मेवारी दिइएको छ।
सभालाई सम्बोधन गर्दै प्रदेश अध्यक्ष डीआर थापाले सबै कार्यकर्ताहरूलाई यस दई साताव्यापी कार्यक्रमलाई सफल बनाउन अथक प्रयास गर्न साथै जनकल्याणलाई प्राथमिकता दिन आग्रह गरे। उनले हाल राज्यमा चलिरहेको सेवा र सम्पर्क अभियानमा समर्पित कार्यकर्ताहरूको प्रयासको प्रशंसा गर्दै राज्यभर यस्ता पहलहरूको लागि जनताको मागलाई ध्यानमा राख्दै सम्पर्क प्रयासलाई तीव्र बनाउन आह्वान गरे। उनले यस अवधिमा केन्द्रमा मोदी सरकारको विगत ११ वर्षका परिवर्तनकारी उपलब्धिहरूको व्यापक जागरूकता र प्रचारको आवश्यकतामा पनि जोड दिए।
कार्यशालामा राज्य महासचिव अर्जुन राई, कार्यक्रम सह-संयोजकद्वय पासाङ ग्याली शेर्पा र ललित शर्मा पोख्रेलले पनि अभियानका विभिन्न पक्षहरूबारे विस्तृत जानकारी दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement