गान्तोक: वर्ष २०१२का सिक्किम क्याडर आइपीएस अधिकारी तेञ्जिङ लोडेन लेप्चा गान्तोक रेञ्जका डेपुटी इन्सपेक्टर जेनरल अफ पुलिस (डीआइजीपी) नियुक्त भएका छन्। हिजो राज्य सरकारको कार्मिक विभागद्वारा जारी कार्यालय आदेशमा राज्यपाल ओम प्रकाश माथुरद्वारा आइपीएस लेप्चालाई डीआइजीपी गान्तोक रेञ्ज नियुक्त गरिएको बताइएको छ। यस अघि उनी गान्तोक जिल्लाको पुलिस अधिक्षकको पदमा सेवारत थिए। उल्लेखनीय छ, आइपीएस तेञ्जिङ लोडेन लेप्चा सिक्किमका भूमिपुत्र हुन्।