गान्तोक: राज्यको वन एवं पर्यावरण विभागले विश्व पर्यावरण दिवसको पूर्वसन्ध्यामा जङ्गुमा व्यापक बिरुवारोपन गऱ्यो। तीन दिवसीय बर्यावरण उत्सवको एक भागकोरूपमा आज बिरुवा रोपिएको हो। पर्यावरण संरक्षणसंगै हरियाली अभियानलाई तृणमूलस्तरसम्म पुऱ्याउने लक्ष्य राखेर सरकारले अभियानलाई अघि बढ़ाएको हो। यस अवसरमा नोन वार्डदेखि बिरूवा रोपन कार्यक्रम शुरू गरियो भने मुन्तेयाङ तुङकयोङ हुँदै लिङदोक बर्फोकमा समापन भएको थियो। यस कार्यक्रम मेरो रूख मेरो सन्तति र एक पेड माँ के नाम-ब्यानरमा आयोजन गरिएको थियो। जसमा स्थानीयहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। कार्यक्रममा क्षेत्र विधायक एवं सरकारका वन एवं पर्यावरण विभागीय मन्त्री पिञ्छो नामग्याल लेप्चा मुख्य अतिथिकोरूपमा उपस्थित रहेका थिए। आफ्नो सम्बोधनको क्रममा मन्त्री लेप्चाले पर्यावरणलाई संरक्षण दिने उद्देश्यले अभियान शुरु गरेको जनाउँदै कार्यक्रमले जलवायु परिवर्तनमा उल्लेखनीय भूमिका निर्वाह गर्नको साथै पर्या स्थि पर्यटन अनि स्थानीय जीविकोपार्जनलाई सहयोग पुर्यानउने मन्तव्य प्रकट गरे। “मेरो बाटो मेरो बोट” अभियान अन्तर्गत रोपिएका बिरुवाहरूको हेरचाह सुनिश्चित गर्न वार्डस्तरमा समीक्षा समिति गठन गरियो। मन्त्री लेप्चाले समितिका सदस्यहरूलाई आफ्नो कर्तव्य इमान्दारीपूर्वक पूरा गर्ने आग्रह गर्दै बिरुवाहरूको संरक्षणमा समर्पित व्यक्तिहरुलाई पुरस्कार प्रदान गरिने घोषणा गरे। “मेरो रुख मेरो सन्तती” योजनाको एक भागको रूपमा दुई नवजात शिशुको जन्म दिनलाई केन्द्र गर्दै दुई स्थानमा २१६ बिरुवा रोपिएको थियो। मन्त्री लेप्चाले लाभार्थीहरूलाई सहभागिताको निम्ति प्रमाणपत्र र उपहार प्रदान गरे।