बेंगलुरु: रोयल च्यालेञ्जर्स बेंगलुरु (आरसीबी) र स्टार ब्याटर विराट कोहलीको सपना अन्तमा गएर १८ साल सालपछि साकार भयो। आरसीबीले मंगलवार आफ्नो पहिलो आईपीएल खिताब जित्यो। आरसीबीको पूरा टीमको निम्ति बुधवार कर्नाटक स्टेट क्रिकेट एसोसिएशन (केएससीए)-द्वारा एम चिन्नास्वामी स्टेडियममा भव्य सम्मान समारोहका आयोजन गरियो। यस अवसरमा बोल्दै आरसीबी-का दिग्गज क्रिकेटर विराट कोहलीले कप्तान रजत पाटीदार र ईमानदार प्रशंसकहरूका भरपूर प्रशंसा गरे। कोहलीले भने, अब यो ‘ई साला कप नाम दे’ नभएर ‘ई साला कप नाम दु’ हो।

यो जीत तपाईंहरू सबै अनि यस सुन्दर शहरको निम्ति हो, जसले १८ सालसम्म हरेक पाइलामा हामीलाई साथ दियो। मैले विश्वमा कही पनि यस्तो असाधारण प्रशंसकहरू देखेको छुइनँ। यस साल आरसीबी को अनबक्स इभेण्टको अवधि टीमको नयाँ जर्सी र नयाँ कप्तानको घोषणा हुँदा नै म खुशी भएको थिएँ। उनले लामो समयको निम्ति टीमको कप्तानी गर्ने मलाई थाहा छ। रजतले कप्तानको रूपमा आफ्नो पहिलो सत्रमै प्रभावित गरे। सम्मान समारोहमा टीमका प्रशिक्षक एण्डी फ्लावरको साथमा सबै सदस्यहरूका उपस्थिति रहेको थियो।

यसबीच आईपीएल च्याम्पियन टीमको जीतको खुशीयाली मनाउन स्टेडियम बाहिर हजारौंको संख्यामा प्रशंसकहरू भेला भएका थिए। यस अवधि भागदौड़ शुरु हुँदा ११ जनाको मृत्यु हुनको साथै ३३ जना गम्भीर रूपले घाइते भएको खबर प्रकाशमा आएको छ। प्रशंसकहरू स्टेडियममा जबरजस्ती प्रवेश गर्ने प्रयास गरिरहेको समय भीड़ अनियन्त्रित भएर भागदौड़ जस्तो स्थिति बनियो । घटनास्थलमा उपस्थित पुलिसकर्मीहरूले भीड़लाई नियन्त्रित गर्न निक्कै मेहनत गर्नु पऱ्यो। स्थितिलाई नियन्त्रणमा ल्याउन पुलिसले हल्का बल पनि प्रयोग गर्नु पऱ्यो। धेरैजना बेहोश भएर लड़े, जसलाई एम्बुलेन्सद्वारा नजिकको अस्पतालहरूमा पुऱ्याइयो। देशका प्रधानमन्त्री नरेन्द्र मोदीले पनि घटनामाथि दुःख व्यक्त गरेका छन्।