सोनादा: सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रले स्थानीय महिलाहरुलाई स्वनिर्भर बनाउने कार्य गरिरहेका छन्। तर हालमा यहाँ स्थानको अभावले महिलाहरुलाई प्रशिक्षण दिनलाई धेरै असुविधा भईरहेको देखिएको छ। स्थानीय महिलाहरुलाई स्वनिर्भर बनाउन सक्रिय रहेका सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्र आफै भने धेरै असुविधाहरुको सम्मुखिन बनिरहेको छ। अप्पर पचेङ, सोनादामा २०१४ मा पाँचजना क्रियाशील महिलाहरुले सानो रुम भाँडामा लिएर स्थापना गरेको यो केन्द्र विस्तारै हातको काम गर्दै गर्दा २०१८-१९ मा दार्जिलिङ एमएसएमईको सहयोगमा लघु उद्योगमा परिणत भएको थियो। लघु उद्योगमा परिणत भएपछि भने महिलाहरूले सिलाई बुनाईको लागि मशीनहरु प्राप्त गरेका थिए। अहिले यस सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रले अहिलेसम्म सोनादा र वरिपरिका महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गरेका छन्। लघु उद्योग भएपछि १८ जना महिलाहरुलाई मिलाएर को-ओपरेटिभ गठन गरेर पञ्जीकरण गरिएको थियो। २०२०-२१ मा यस केन्द्रले ४५ जना जति महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन ठूलो सहयोग गरेका थिए। यस केन्द्रमा सोनादा र वरिपरिका महिलाहरुले यहाँबाट प्रशिक्षण लिएर स्वनिर्भर बनेर परिवारलाई आर्थिक रुपमा सहयोग गरिरहेको बताइएको छ। तर अहिले भने यस केन्द्रमा मशीनहरु र बनाएको सामानहरु राख्नलाई साथै महिलाहरुलाई प्रशिक्षण दिनलाई उपयुक्त ठाउँ नभएकोले धेरै असुविधा भईरहेको जानकारी प्राप्त भएको छ। लघु उद्योग बनेर धेरै महिलाहरुलाई प्रशिक्षण दिएर स्वनिर्भर बनाउन कार्य गरिरहेका यस केन्द्र अहिले पनि सानो भाँडाको रुममा सञ्चालन भईरहेको छ। सानो भाँडाको रुममा सञ्चालन भईरहेको कारणले अहिले यस केन्द्रमा धेरै समस्याहरु देखा परेको छ भने यहाँका महिलाहरुले यो केन्द्र सञ्चालनमा धेरै असुविधा भोग्न परिरहेको जानकारी प्राप्त भएको छ। अब यस केन्द्रलाई सम्बन्धित निकायले एंव स्थानीय जनप्रतिनिधिहरुले सहयोग गरिदिएर ठूलो ठाउँ भएको केन्द्र बनाउन सके राम्रो हुने सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रको तर्फबाट अञ्जना प्रधानले बताएकी छन्। उनले यो केन्द्र सानो भएकोले साथै ठाउँ नपुगेर महिलाहरुलाई प्रशिक्षण दिनलाई धेरै असुविधा भईरहेको जानकारी गराएकी छन्।

उनले यहाँ मशीनहरु राख्नलाई प्रशस्तै ठाउँ भए पनि बनाएको सामानहरु राख्नलाई ठाउँ नभएको बताएकी छन्। उनले अलिक ठूलो बनाएर एकैपल्टमा 30 जना महिलाहरुलाई प्रशिक्षण दिनुलाई पर्याप्त ठाउँ भए राम्रो हुने थियो भनी सम्बन्धित निकायलाई अनुरोध गरेकी छन्। यस सोनादा महिला हस्तशिल्प एंव सिलाई बुनाई केन्द्रको सभापति सपना लामा, सचिव उमा थापा, कोषाध्यक्षा अञ्जना प्रधान, निर्देशिकामा चेलु तामाङ र सदस्यहरुमा सकिला प्रधान, लमु शेर्पा, सनिता तामाङ रहेका छन्।